कीवर्डहरू -

उन्नत एआई र फास्ट चार्जिङ सुविधासहित ओप्पो रेनो १२ नेपाली बजारमा सार्वजनिक

उन्नत एआई र फास्ट चार्जिङ सुविधासहित ओप्पो रेनो १२ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको छ र एआई फोनको परिकल्पनालाई तिव्र बनाउन ओप्पोको लागि पहिलो र महत्वपूर्ण सार्वजनिक भएको छ । 

रेनो१२ मा फ्युचरिस्टिक फ्लुइड डिजाइन र उच्च–शक्ति एलोय फ्रेमवर्क जस्ता विशेषताहरू छन्, । यस फोनमा सबैभन्दा मजबुत डिजाइन समावेश गरेको छ जसले झर्दा मोबाइलमा आउने समस्या, दबाब, र पानीबाट सुरक्षित राख्दछ । यी दुई मोडलहरुमा चार न्यानोमिटर मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ ।

ओप्पोको ८० वाट सुपरभिओओसिटिएम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच्  ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ, र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन, र ट्रेन्ड–सेटिङ शैली जारी राखि रहनेछ ।

ओप्पोले  गुगल, माइक्रोसफ्ट, मिडियाटेक, क्वालकम, र अन्य साझेदारहरूसँग मिलेर एआई फोनहरू ल्याउनलार्ई तिव्र रुपमा काम गर्दैछ ।

रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ । यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ ।

अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो बेकार जाँदैन ।
अझ बढी रचनात्मक सम्भावनाहरूका लागि, एआई स्टुडियोले केवल एउटा प्रयोगकर्ताको फोटोबाट डिजिटल वा कलात्मक पोर्ट्रेट शैलीहरू सिर्जना गर्न सक्छन् । 

फोटो सुधारको साथसाथै, रेनो १२ मा स्मार्ट साइडबारमा गुगल जेमिनाई  र लार्ज लाङ्ग्वयज मोडलमा आधारित, एआई टुलबक्स थपिएको छ, जसले शक्तिशाली क्षमताहरूको पहिचान गरी त्यसको प्रयोग गरेर स्क्रिनमा भएका सामग्रीलाई सोसल मिडियाको लागि बनाउन अथवा लामो लेखहरूको कन्टेन्ट समराइजलाई बुझ्न र त्यसअनुसार एआई सुविधाहरू सिफारिस गर्न मद्दत गर्दछ ।

यस्तै नयाँ एआई रेकर्डिङ समरी टुलको प्रयोग गरेर भ्वाइस रेकर्डबाट टेक्स्ट समराइज बुद्धिमानीपूर्वक निकाल्न र तिनीहरूलाई नोटहरूमा व्यवस्थित गर्न सक्छन्, जसमा कार्य सूची, समय, स्थानहरूको जानकारी र अन्य विवरणहरूलाई हाइलाइट गरी राम्रोसँग पढ्नको लागि फर्माट बनाउन सकिन्छ । 

रेनो१२ पछाडिको ग्लास प्यानल ओप्पोको फ्लुइड रिपल टेक्सचरले बनाइएको छ, जसले पोखरीमा पानी बग्ने थ्रीडी जस्तो अनुभूति सिर्जना गर्दछ । पारालाक्स इफेक्टको प्रयोगले रेनो सिरिजको पहिचान बनेको मिरर–स्मूद टेक्सचर जस्तै अनुभुतिलाई कायम राख्दै यो दृश्य अनुभूति हासिल भएको सुनिश्चित गर्दछ । 

सिल्भर लुकको अतिरिक्त, यो थप दुई कलर अप्सनमा उपल्ब्ध छ । यो फोनमा सनसेट पींकले ओप्पोको ग्राफिक लिक्विड क्रिस्टल प्रयोग गरी २०२४ को कलर अफ द इयर, पिच फज समावेश गरिएको छ । थप क्लासिक लुकको लागि, म्याट ब्राउनले फिंगरप्रिन्ट–रहित फिनिशमा रिच कोको ह्यु फिचर गरिएको छ ।

रेनो१२ प्रोमा, सनसेट गोल्ड र स्पेस ब्राउन दुबैमा दुई–टोन म्याट–ग्लस डिजाइन छ जसमा दुई भागहरू स्वभाविक रूपमा फोनको पछाडि तेर्सो रूपमा चलिरहेको सुन्दर मेटालिक रिबनद्वारा अलग गरिएको छ । यो फोन ६.७ इन्च, १२० हर्ज ओएलईडी डिस्प्ले जसमा हार्डवेयर स्तरको कम नीलो प्रकाश आँखा सुरक्षा प्रदान गर्दै १.०७ बिलियन रङहरू प्रदर्शन गर्न सक्षम छ । यसमा ओप्पोको प्लास टच प्रविधि थपिएको छ जसले स्क्रिन वा प्रयोगकताहरुले हात भिजेको अवस्थामा पनि स्क्रिनलाई सही रूपमा मोबाइलमा काम गर्न सक्नेछन् ।

रेनो १२ मा स्क्रिनलाइ सुरक्षित राख्न यसको विशेष ड्रप सुरक्षाको साथ कर्निंग गोरिल्ला ग्लास सेभेन आई राखिएको छ । रेनो सिरिज फोनमा देखिने सबैभन्दा सुरक्षित ग्लासको प्रभाव, ड्रप, बेन्डिङ र स्क्र्याचहरू विरुद्ध अल्ट्रा–फ्ल्यागशिप–स्तर प्रतिरोध प्रदान गर्दछ । आईपि६५ रेटिङका साथ, दुबै मोडेलहरूले धुलो र पानी प्रतिरोध पनि प्रदान गर्दछ, जबकि फोनमा ओपनिङ, स्पिकर, यूएसबीसी पोर्ट, र सिम कार्ड ट्रे लगायतका महत्वपूर्ण कम्पोनेन्टहरूद्वारा फोनहलाई वाटरप्रुफ र अझ बढी बलियो बनाइएको छ ।

सोनी एलवाईटी ६०० सेन्सरले पूर्ण–पिक्सेल ओम्निडायरेक्शनल अटोफोकस र ओआईएस सहित सुसज्जित, रेनो १२ को मुख्य क्यामेराले स्पष्ट शटहरूको लागि छिटो र स्थिरता लाई धेरै फोकस गर्न सकिन्छ । यसले व्यावसायिक क्यामेराहरू प्रयोग गरेर खिचिएका फोटोहरुलाई टक्कर दिन सक्षम आकर्षक, बोकेह–रीच पोट्रेटहरू सजिलै खिच्नको लागि २ गुणा जूम सम्मको पोर्ट्रेट मोड पनि समावेश गरिएको छ ।

रेनो१२ परिष्कृत फ्ल्यास स्न्यापसट फिचरको समथ आएको छ, जसले क्यामेराको एक्सपोजर प्रक्रियालाई थप चुस्ततापूर्वक समायोजन गर्दछ, जस मार्फत फोटोहरूलाई थप यथार्थपरक लाइटिङ इफेक्ट र न्याचुरल स्किन टोनहरू सहितको फोटो खिच्न सकिन्छ । ३० एफपीएस मा फोरके भिडियो र १०८० पी भिडियोे चार गुणा रिजोल्युसनमा हाई–डेफिनिसन भिडियोको लागि रियर र फ्रन्ट–फेसिङ क्यामेराहरू उपलब्ध छ ।

रेनो १२ कस्टम चार न्यानोमिटर मिडियाटेक डाइमेन्सिटी ७३०० एनर्जी मोबाइल प्लेटफर्म फिचर गर्ने पहिलो फोन हो । विशिष्ट पावर इफिसियन्सी प्रदान गर्न मिडियाटेक र ओप्पो द्वारा को–डेभलब्ड गरिएको, नयाँ अक्टा–कोर प्लेटफर्ममा चार ए७ कार्यसम्पादन कोर र चार ए५५ इफिसियन्सी कोरहरू समावेश छन् ।

ओप्पो र मिडियाटेक बीचको डाइमेन्सिटी ७३०० एनर्जी बीचको गहिरो सहकार्यले नवीनतम कलरओएस ट्रिनिटी इन्जिन मार्फत एसओसी, मेमोरी र भण्डारण कार्यसम्पादनमा सफलताहरू प्रदान गरेको छ । 

अहिलेका प्रयोगकर्ता पहिचान गर्न एआई मोडहरू प्रयोग गरेर, ट्रिनिटी इन्जिनको अद्यावधिक गरिएको सिपियू भिटा इन्जिनले प्रणाली स्थिरता र सहजता सुनिश्चित गरेर कम पावर खपत गर्दै एसओसी स्रोतहरू ठीकसँग स्थापित गर्न सक्षम छ ।

र्याम भिटा इन्जिनले एप लन्च गति र स्विचहरूलाई गति दिन र्यामको उपयोग बढाउँछ । यसले सक्रिय ब्याकग्राउन्ड एपहरूलाई एक बीट नछोडिकन ७२ घण्टासम्म चलाउन सक्छ । यसका साथै, ओप्पोको र्याम विस्तारले १२ जीबी भण्डारणलाई अस्थायी र्याममा रूपान्तरण गर्न प्रयोग गर्न सकिन्छ, आवश्यक पर्दा थप स्मूथनेस प्रदान गर्दछ ।

अन्तमा, अद्यावधिक गरिएको रोम भिटा इन्जिनले अब बारम्बार प्रयोग हुने एपहरूमा हानि रहित कम्प्रेसन गर्छ र अनावश्यक भण्डारण प्रयोगलाई कम गर्न डुप्लिकेट फाइलहरू प्रबन्ध गर्दछ, परिणामस्वरूप प्रयोगकर्ता फाइलहरूको लागि भण्डारण गर्ने ठाउँ र मेमोरी छिटो पढ्न÷लेख्न सकिन्छ ।

लङ्गर ब्याट्री लाइफ र फास्ट चार्ज

रेनो १२ को ब्याट्रीमा एनोड र क्याथोड संरचनामा लक्षित अप्टिमाइजेसनले रेनो सिरिजको फोनमा अहिलेसम्मकै हाइएस्ट ईनर्जी डेनसीटी ५००० एमएएच् ब्याट्री सिर्जना गर्न मद्दत गरेको छ, जसलमा ब्याट्रीको साइज नबढाई चार वर्ष भन्दा बढी ब्याट्री लाइफ र स्थायित्व प्रदान गर्दछ । 

दुबै मोडलहरूमा ओप्पोकोे ८० वाट सुपरभिओओसिटिएम फ्ल्यास चार्जको लागि समर्थन सहित, यो ब्याट्रीलाई १ प्रतिशत देखि ३२ प्रतिशतसम्म मात्र दश मिनेटमा चार्ज गर्न सकिन्छ, साथै १०० प्रतिशत चार्ज मात्र ४६ मिनेट मा गर्न सकिन्छ ।

रेनो १२ ओप्पोको स्वामित्वमा रहेको एआई लिङ्कबुस्ट प्रविधिको पछिल्लो फोन हो । ३६०ड्ढ वरपरको वास्तुकलामा व्यवस्था गरिएका नौ छुट्टाछुट्टै एन्टेनाहरू मिलेर, एआई लिङ्कबुस्ट ले प्रयोगकर्ताको नेटवर्कमा आधारित एआई मोडल प्रयोग गरी सिग्नल रिसेप्शनलाई बढावा दिन र नेटवर्क चयनलाई अनुकूलन गर्न सक्षम छ । एआई लिङ्कबुस्ट को नयाँ पुस्ताका लागि, ओप्पोले लगातार स्थिर जडान सुनिश्चित गर्न विश्वव्यापी बजारहरूमा व्यापक स्थानीय परीक्षण र अप्टिमाइजेसन पनि गरेको छ ।

यसमा कमजोर सिग्नल वा व्यस्त नेटवर्क भएका क्षेत्रहरूमा नेटवर्क लेटन्सी सुधार गर्ने, वाइफाइ र सेलुलर नेटवर्कहरू बीच सिमलेस स्विचिङ बढाउने, र एलिभेटरहरू वा बेसमेन्टहरूबाट बाहिर निस्कँदा सिग्नल रिकभरीको गति बढाउने जस्ता सुविधाहरु समावेश छ ।

मूल्य र उपलब्धता

रेनो१२ नेपालमा यही भाद्र १२ मा एस्ट्रो सिल्भर र म्याट ब्राउनमा उपलब्ध भएको छ । १२ जीबी र्याम + ५१२ जीबी रोम संस्करणको रु ६५,९९९/– पर्दछ, जुन हरेक रिटेलर स्टोरमा उपलब्ध छ ।