कीवर्डहरू -

पाठक र पुस्तक बिक्रेतालाई जोड्दै डिजिटल प्लेटफर्म ‘पुस्तक सेवा’

पाठक र पुस्तक बिक्रेतालाई जोड्दै डिजिटल प्लेटफर्म ‘पुस्तक सेवा’

ई-टुटर क्लासले ‘पुस्तक सेवा’ नामक प्लेटफर्म सार्वजनिक गरेको छ । विगत ५ वर्षदेखि शिक्षा क्षेत्रमा काम गरिरहेको ई-टुटर क्लासले पुस्तक बिक्रेता र पाठकलाई जोड्ने गरी पुस्तक सेवा सञ्चालनमा ल्याएको हो ।  

विद्यार्थीले चाहेको किताब नपाउने, पाए पनि ढिलो डेलिभर हुने जस्ता समस्या देखेपछि अनलाइन समाधान स्वरूप पुस्तक सेवा सुरू गरिएको कम्पनीका सीईओ एमटी हुसेनले बताए । 

विद्यार्थीले खोजेको पुस्तक आवश्यक परेको सममयै घरमा डेलिभर गर्ने कम्पनीको दावी छ । पुस्तक सेवाको सुविधा वेबसाइट र मोबाइल एपबाट लिन सकिने छ ।

 पुस्तक सेवाबाट पाठकले पुस्तक अर्डर गर्ने मात्र नभएर बिक्रेतासँग कुरा समेत गर्न पाउने छन् । यसका लागि पुस्तक सेवामा पुस्तक विक्रेता आवद्ध हुनेछन् । 

त्यसैकारण पुस्तक सेवामा आएको अर्डरलाई नजिकैको पुस्तक पसलबाट पाठकको घरसम्मै डेलिभर गरिने हुसेनले जानकारी दिए । जुनठाउँबाट अर्डर आउँछ, त्यस नजिकै भएको पुस्तक पसलबाट पुस्तक होम डेलिभर हुनेछ । 

सँसँगै ई-टुटर क्लासले देशभरका पुस्तक विक्रेताहरुलार्ई पुस्तक सेवामा आवद्ध हुन समेत आह्वान गरेको छ ।