कीवर्डहरू -

कतारबाट अब सिधैं इसेवा एपमा पैसा पठाउन सकिने

कतारबाट अब सिधैं इसेवा एपमा पैसा पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेंजको तर्फबाट, महाप्रबन्धक, बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका हुन् । 

ईसेवा मनि ट्रान्स्फर र अल फरदान एक्सचेन्ज बिचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। साथै यो सम्झौतासँगै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले अल फरदान एक्सचेन्जको १६ शाखाहरू, वा मोबाइल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन्। 

अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।