कीवर्डहरू -

क्युआर स्क्यामबाट यसरी बच्नुहोस्

क्युआर स्क्यामबाट यसरी बच्नुहोस्

डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोतर्फ यसले अनलाइन ठगीको दर पनि बढाएको छ ।

पछिल्ला केही वर्षहरूमा, फिसिङ लिङ्क, सिम स्व्याप, फिसिङ कलमार्फत साइबर ठगीहरूमा उल्लेखनीय वृद्धि भएको छ । स्क्याम गर्नेहरूले मानिसहरूलाई ठग्ने र धोका दिने नयाँ तरिकाहरू खोजिरहेका छन् । आज हामी तपाईलाई क्युआर कोड स्क्याम बारे विस्तृत जानकारी दिनेछौं ।

स्क्यामरहरूले मानिसहरूलाई उनीहरूले क्युुआर कोड मार्फत भुक्तानी पठाउँदै छन् भनेर विश्वस्त पार्ने प्रयास गर्छन् । र प्राप्तकर्ताले कोड स्क्यान गरी आफूले प्राप्त गर्न चाहेको रकम प्रविष्ट गर्नुपर्छ र त्यसपछि ओटिपी प्रविष्ट गर्नुपर्छ ।

ध्यान दिनुहोस्, क्युआर कोड पैसा पठाउनको लागि मात्र स्क्यान गरिन्छ, पैसा प्राप्त गर्न होइन् । त्यसकारण, जब मानिसहरूले पैसा प्राप्त गर्ने बहानामा कसैको क्युआर कोड स्क्यान गर्छन् र ओटिपी प्रविष्ट गर्छन्, पैसा पठाउनेको सट्टा उनीहरूको खाताबाट पैसा कटौती हुन्छ ।

क्युआर कोड स्कयामबाट बच्ने उपाय

  • आफ्नो बैंक खाता विवरणहरू अज्ञात व्यक्तिहरूसँग कहिल्यै साझा नगर्नुहोस् ।
  • यदि तपाइँ कुनै पनि रकम प्राप्त गर्दै हुनुहुन्छ भने क्युआर कोड कहिल्यै स्क्यान नगर्नुहोस् ।
  • पैसा पठाउँदा पनि क्युआर कोड स्क्यानरद्वारा देखाइएका विवरणहरू सधैं दोहोरो जाँच गर्नुहोस् ।
  • यदि क्युआर कोड अर्को क्युआर कोड छोपेको स्टिकर जस्तो देखिन्छ भने स्क्यान नगर्नुहोस् ।
  • ओटीपी कहिल्यै कसैसँग साझा नगर्नुहोस् ।
  • यदि तपाइँ केहि बेच्दै हुनुहुन्छ वा किन्दै हुनुहुन्छ भने, सधैं अनलाइन वेबसाइटमा व्यक्तिको पहिचान प्रमाणित गर्नुहोस् ।
  • आफ्नो मोबाइल नम्बर आवश्यक नभएमा सेयर नगर्ने प्रयास गर्नुहोस् ।