कीवर्डहरू -

क्वालकमले सार्वजनिक गर्‍यो शक्तिशाली मोबाइल चिपसेट स्न्यापड्रागन ८ जेन ५

क्वालकमले सार्वजनिक गर्‍यो शक्तिशाली मोबाइल चिपसेट स्न्यापड्रागन ८ जेन ५

क्वालकमले आफ्नो नयाँ मोबाइल सिस्टम–अन–ए–चिप (SoC) स्न्याड्रयागन ८ जेन ५ सार्वजनिक गरेको छ। यो सेप्टेम्बरमा सार्वजनिक गरिएको जेन ५ इलाइटपछि ‘जने ५’ लाइनअपको दोस्रो मोडेल हो।

स्न्यापड्रागन ८ जेन ५ को अधिकतम क्लक स्पीड 3.8GHz रहेको छ, जुन इलाइट संस्करणको 4.6GHz भन्दा केही कम भए पनि अत्यन्त शक्तिशाली मानिन्छ। 

यसमा कम्पनीले निर्माण गरेको कस्टम ओरिओन सीपीयु प्रयोग गरिएको छ, जसले म्याट्रिक्स एक्सेलेरेसनजस्ता प्रविधिमार्फत गति र प्रदर्शन थप उचाइमा पुर्‍याउँछ।

क्वालकमका अनुसार, यो प्लेटफर्मले अघिल्लो स्न्यापड्रागन ७ को तुलनामा ३६ प्रतिशत उच्च प्रदर्शन र वेब ब्राउजिङमा ७६ प्रतिशत बढी प्रतिक्रियाशीलता उपलब्ध गराउँछ।

यो चिपमा क्वालकम एड्रेनो जीपीयु समावेश छ, जसले उच्च क्लक स्पीडमार्फत गेमिङ तथा ग्राफिक्स क्षमतामा ११ प्रतिशत सुधार ल्याएको बताइएको छ।

आधुनिक स्मार्टफोनका लागि लक्षित भएकाले यस चिपमा एआई क्षमतामा विशेष ध्यान दिइएको छ। यसमा रहेको सेंसिङ हबले माइक्रोफोन र अन्य सेन्सरको इनपुट संयोजन गरेर प्रयोगकर्ताको आवाज वा उद्देश्य सजिलै पत्ता लगाउन सहयोग गर्छ।

यसबाहेक, हेक्सागन एनपीयुमार्फत पूर्ण रूपमा अन–डिभाइस एआई प्रोसेसिङ सम्भव हुने क्वालकमले जनाएको छ, जसले ‘एजेन्टिक एआई असिस्टेन्ट’ मार्फत प्रसङ्गअनुसार सुझाव र प्रतिक्रियाहरू उपलब्ध गराउनेछ।

क्वालकमले स्न्यापड्रागन ८ जेन ५ चिपसमेत भएका स्मार्टफोनहरू केही साताभित्र बजारमा आउने जनाएको छ।