डिपसिकले विश्व हलचल ल्याइरहेको बेला अर्को चिनियाँ कम्पनी अलिबाबाले पनि नयाँ एआई मोडल सार्वजनिक गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा अलिबाबाले क्वेन २.५ म्याक्स नयाँ एआई मोडल सार्वजनिक गरेको हो ।
क्वेन २.५ मोडलले डिपसिकभन्दा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ । अलिबाबाले आफ्नो नयाँ एआई मोडल हाल उपलब्ध सबैभन्दा नयाँ लार्ज ल्याङ्वेज मोडल (एलएमएम) हरूभन्दा उत्कृष्ट प्रदर्शन गर्ने घोषणा गरेको छ ।
यद्यपि यसले च्याटजीपीटी अपरेटर-जस्तो सुविधाहरू प्रदान गर्दैन । क्वेन २.५ म्याक्सले लगभग सबै क्षेत्रमा जीपीटी ४o, डिपसिक-भी ३ र लामा-३.१-४०५ बीलाई पछाडि पारेको कम्पनीको दावी छ ।