कीवर्डहरू -

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्मत चयन भएका हुन् ।

नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिंदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।

पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव छ ।