कीवर्डहरू -

एप्पलको स्थापनाको दुर्लभ दस्तावेज लिलामीमा, मूल्य ४ मिलियन डलरसम्म पुग्ने अनुमान

एप्पलको स्थापनाको दुर्लभ दस्तावेज लिलामीमा, मूल्य ४ मिलियन डलरसम्म पुग्ने अनुमान

सन् १९७६ मा एप्पल कम्प्युटर कम्पनी स्थापना हुँदा तयार गरिएको आधिकारिक लिखित सम्झौता आगामी वर्ष लिलामी हुँदैछ । यो दस्तावेजले यसको अनुमानित मूल्य २ देखि ४ मिलियन डलरसम्म रहने बताइएको छ।

एप्पल इन्साइडरका अनुसार यो तीन पृष्ठको इतिहाससँग सम्बन्धित दुर्लभ अभिलेख (सम्झौतापत्र) Christie’s नामक ख्यातिप्राप्त ब्रिटिस लिलामी घरले सन् २०२६ को सुरुवातमा न्यूयोर्कस्थित आफ्नो शाखामा लिलामी गर्नेछ। 

यसमा स्टिभ जोब्स, स्टिभ वोजनियाक र रोन वेनका हस्ताक्षर छन्, साथै ती तीनै सह-संस्थापकले सन् १९७६ मा पाएको प्रारम्भिक सेयर हिस्सा उल्लेख गरिएको छ।

यद्यपि ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण भए पनि यो सम्झौता धेरै समय टिकेन। कम्पनी गठन भएको केही दिनमै रोन वेन टोलीबाट बाहिरिए, र केही महिनापछि उनले एप्पलमा भएको सबै व्यवसायिक दाबी १,५०० डलरमा त्यागिदिए। 

एप्पल इंक बन्नुअघि नै उनले आफूले पाएको १० प्रतिशत सेयर जोब्स र वोजनियाकलाई बेचिसकेका थिए—यहि सेयर आज झन्डै ६० अर्ब डलरभन्दा धेरै मूल्यको हुने अनुमान छ। 

वेनले आफ्नै प्रतिलिपि पनि पछि ५०० डलरमा बेचिदिए, जुनबारे भने उनले सन् २०१६ मा बीबीसीसँगको कुराकानीमा पछुतो व्यक्त गरेका थिए।

लिलामीमा राखिने यो मूल सम्झौतापत्रको मूल्य २–४ मिलियन डलर दरम्यान हुने अनुमान छ, र यो ‘We the People: America at 250’ नामक विशेष लिलामी कार्यक्रममा २०२६ जनवरी २३ मा प्रदर्शित हुनेछ।

यसअघि पनि एप्पलका दुर्लभ ऐतिहासिक वस्तुहरू महँगो मूल्यमा बिक्री भइसकेका छन्। सन् २०२३ मा पहिलो पुस्ताको unopened आइफोन १.९ लाख डलरमा बिक्री भएको थियो, जुन यसको मूल मूल्यभन्दा करिब ३०० गुणा बढी थियो।