कीवर्डहरू -

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको  छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको बताए । 

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्‍याउने बताए । 

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाइ छ ।

झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुनेछ ।