नेपाली बजारमा रिलयमीको नयाँ फोन रियलमी सी ६१ उपलब्ध भएको छ । मंगलबारबाट बजारमा इन्ट्री लेभलको रियलमी सी ६१ स्मार्टफोन उपलब्ध भएको हो ।
६.५ इन्च आईपीएस एलसीडी प्यानल एचडी प्लस डिस्प्ले रहेको यस फोनमा ९० हर्ज रिफ्रेस रेट रहेको छ । रियलमी सी ६१ आईपीएस ५४ डस्ट तथा वाटर रेसिस्टेन्ट रहेको छ ।
फोनमा युनिसोक टि ६१२ चीपसेट प्रयोग गरिएको छ । यो फोन २ स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । रियलमी सी ६१ ४ जीबी र्याम र ६४ जीबी स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध रहेको छ ।
यसमा एन्ड्रोइडमा १४ मा आधारित रियलमी युआई ५.० अपरेटिङ सिस्टम राखिएको छ । रियलमी सी ६१ मा ३२ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ भने ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
यसमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ । फोनले १ हजार चार्जिङ साइकलपछि पनि ८० प्रतिशत ब्याट्री क्षमता रहने कम्पनीको दावी छ ।
४ जीबी रहेको रियलमी सी ६१ को मूल्य १३ हजार ४९९ रूपैयाँ र ६ जीबी र्याम भएको फोनको मूल्य १६ हजार ४९९ रूपैयाँ रहेको छ ।