कीवर्डहरू -

रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका

रियलमीको दशैं तिहार अफर, मोबाइल खरिदमा एमजी ईभी, स्कुटर, स्मार्टवाच, एयरबड जित्ने मौका

रियलमी नेपालले दशैं र तिहारको अवसरमा बडा अफर लिएर आएको छ । असोज १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने अफरमा रियलमीका मोबाइल खरिद गर्दा कार, स्कुटर, स्मार्टवाच, स्मार्टफोन, एयरबड लगायतका पुरस्कार जित्न सकिने छ । 

रियलमीको कुनै पनि मोबाईल खरिद गर्दा पुरस्कारका लागि लक्की ड्रमा सहभागी हुन सकिने छ । लक्की ड्रमा सहभागी भएपछि बम्पर पुरस्कारको रूपमा एकजनाले एमजी ४ ईभी र १ जनाले टिभीएसको स्कुटर जित्ने मौका पाउने छन् । 

त्यस्तै साप्ताहिक रूपमा २ जनालाई रियलमी सी ६३ स्मार्टफोन तथा दैनिक उपहारको रूपमा १० जनालाई बोल्टको स्मार्टवाच, १० जनालाई बोल्टको एयरबड् र १० जनालाई सफारीको ब्याकप्याक प्रदान गरिने छ । 

रियलमीको बडा अफरमा सहभागी हुन् realmedashaintiharoffer.com मा गएर आफ्नो पुरा नाम, खरिद गरेको मोबाइलको आईएमईआई नम्बर र आफ्नो फोन नम्बर राख्नुपर्नेछ ।