कीवर्डहरू -

रियलमीको जिटी ६ टी नेपालमा उपलब्ध, के के छन् सुविधा ?

रियलमीको जिटी ६ टी नेपालमा उपलब्ध, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी जिटी ६ टिमा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरु रहेका छन् । 

यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले नेपालमा रियलमी जिटी ६ टि फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने बताए । 

रियलमी जिटी टि ६ टि नेक्ट जेनेरेसन  स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा संचालित छ । गेमरहरू, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरुका लागि पनि रियलमी जिटी ६ टि उपयुक्त रोजाई हो । 

६.७८ इन्चको स्क्रीनमा  ६००० निटको फ्लाग्शिप  हाइपर  डिस्प्ले भएको  यो रियलमी जिटी ६ टि जतिसुकै   उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ । त्यस्तै  —२७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन् । 

रियलमी जिटी ६ टीमा १२० वाटको सुपरभुक फास्ट चार्जर टाइप सि पोर्टको साथमा उपलब्ध हुन्छ । साथै ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन् ।  

रियलमी जिटी ६ टीमा ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामेरा र ८ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ । साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामारा र ६० एमपिएसमा ४ के भिडियो पनि जिटी टि ६ को क्यामरा समावेश रहेको छ ।

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।

रियलमी जिटी ६ टीले फाइभजी प्लस फाइभजीको डुअल मोड उपलब्ध रहेको छ । साथै वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसीसहित जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टम पनि उपलब्ध रहेको छ ।  

१६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ । १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज छ । साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्दछ । 

रियलमी जिटी ६ टी एन्ड्रोइड १४ मा आधारित रियलमी युआइ ५.० मा चल्दछ जसले जसले प्रयोगकर्तालाई आवश्यक अपसन छान्ने सुविधा र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्दछ । 
रियलमी जिटी ६ टी १२ जीबी र्‍याम र ५१२  जीबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध छ । यसको मूल्य ६५ हजार ९९९ रूपैयाँ तोकिएको छ ।  रियलमी जिटी ६ टि साउन ९ देखि नेपालभरका सबै आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध भएको छ ।