कीवर्डहरू -

गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटीको प्रिबुकिङ खुला

गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटीको प्रिबुकिङ खुला

नेपालमा गेमिङ स्मार्टफोन रियलमी जीटी सिक्सटी छिट्टै सार्वजनिक हुने भएको छ । मंगलबारदेखि कम्पनीले  नेपालमा प्रिबुकिङ खुला गरेको छ । 
 
रियलमी जीटी सिक्सटीको नेपालमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ६५ हजार ९९९ रूपैयाँ तोकिएको छ । १६ जुनदेखि २० जुनसम्म प्रिबुकिङ उपलब्ध हुनेछ । अहिले फोन प्रिबुकिङ गर्दा ५ हजार ४९९ रूपैयाँ पर्ने रियलमी टी ३०० बड्स निःशुल्क पाइने छ । 

रियलमी जीटी सिक्सटी स्मार्टफोनमा ६.७८ इन्चको डिस्प्ले राखिएको छ । यो स्क्रीन एटी एलटीपीओ एमोलेड प्यानलमा बनाइएको छ, जुसले १२० हर्ज रिफ्रेस रेटसहित २५०० हर्जसम्मको टर्बोचार्ज्ड टच सेम्पलिङ रेट समर्थन गर्दछ ।

फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ भने डिस्प्लेको सुरक्षाका लागि ३ डी गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसमा क्वालकम स्नापड्रागन सेभेन प्लस जेन थ्री अक्टा कोर प्रोसेसर राखिएको छ ।

null

४ न्यानोमिटरमा बनाइएको प्रोसेसर २.८ गीगाहर्ट्जसम्मको क्लक स्पीडमा चल्ने छ । फोटोग्राफीका लागि रियलमी जीटी सिक्सटी डुअल रियर क्यामेरा राखिएको छ । मुख्य रियर क्यामेरामा ५० मेगापिक्सेल ओआईएस सोनी लिट ६०० सेन्सर दिइएको छ । यसको साथसाथै ८ मेगापिक्सेलको अर्को समेत लेन्स पनि समावेश छ । 

सेल्फी खिच्न, भिडियो कलिङ गर्न र रील्स बनाउनका लागि रियलमी जीटी सिक्सटी स्मार्टफोन ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । फोनमा ५५०० एमएएचको ब्याट्री राखिएको छ । यो फुल चार्ज भएपछि करिब १६ दिनसम्म फोनलाई अन राख्न सकिने कम्पनीको दावी छ । छिटो चार्ज गर्नका लागि यस मोबाइलमा १२० वाट फास्ट चार्जिङ प्रविधि दिइएको छ ।

null

कम्पनीको दाबी अनुसार केवल १० मिनेट चार्ज गर्दा नै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुन सक्छ । रियलमी जीटी सिक्सटी फाइभजी फोन हो । यसमा पछिल्लो एन्ड्रोइड १४ मा अपरेटिङ सिस्टममा आधारित रियलमी युआई राखिएको छ । कम्पनीले ३ वर्षसम्म ओएस अपडेट दिने प्रतिबद्धता जनाएको छ भने ४ वर्षको सफ्टवेयर अपडेट पाइने छ ।