चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्ना दुई नयाँ मोडेल रियलमी १४ फाइभजी र रियलमी १४ टी फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले उपभोक्ताको बढ्दो प्रविधि आवश्यकतालाई ध्यानमा राख्दै यी स्मार्टफोनहरू बजारमा ल्याएको जानकारी दिएको छ।
कम्पनीका अनुसार रियलमी १४ फाइभजीमा शक्तिशाली स्न्यापड्रयागन सिक्स जेन ४ फाइभजी प्रोसेसर, ६.७२ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले, ६ हजार एमएएच ब्याट्री, ४५ वाट सुपरभोक चार्जिङ सुविधा र ५० मेगापिक्सेल एआई रियर क्यामेरा जस्ता फिचर समावेश छन् ।
यो फोन आईपी ६६, आईपी ६८ र आईपी ६९ जस्ता उच्चस्तरीय डस्ट र वाटर रेसिस्टेन्स प्रमाणीकरणसहित आएको छ ।
त्यस्तै, रियलमी १४ टी फाइभजीमा मिडियाटेक डायमेनसिटी ६१०० प्लस फाइभजी प्रोसेसर, १२० हर्जको एमोलेड स्क्रिन, ६ हजार एमएएच ब्याट्री र एन्टेना एरे म्याट्रिक्स २.० प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो मोडेल पनि TÜV Rheinland प्रमाणित सुरक्षा मापदण्डमा आधारित रहेको बताइएको छ ।
रियलमी १४ फाइभजीको मूल्य ४९ हजार ९९९ रुपैयाँ र रियलमी १४ टी फाइभजी ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुवै मोडेलको अहिले प्रिबुकिङ सुरू भएको छ ।
चाँडै देशभरका रियलमीका आधिकारिक बिक्री केन्द्रहरू तथा अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।