कीवर्डहरू -

स्टार्टअप उद्यमीलाई पुरस्कृत गर्दै सरकार, यस्तो छ आवेदन दिने तरिका

स्टार्टअप उद्यमीलाई पुरस्कृत गर्दै सरकार, यस्तो छ आवेदन दिने तरिका

सरकारले नवप्रवर्तनकारी (स्टार्टअप) उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै नवप्रवर्तनकारी उद्यमीलाई पुरस्तकृत गर्न प्रस्ताव आह्वान गरेको हो । 

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविष्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान, सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने कार्यक्रम अनुसार प्रस्ताव मागेको मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका ईच्छुक उद्यमीले तीस दिनभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखामा प्रस्ताव पेश गर्न सकिने छ ।