आजको डिजिटल युगमा ल्यापटप हाम्रो कामकाज र मनोरञ्जनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । तर कहिलेकाहीं ब्याट्रीको कम ब्याकअपले हामीलाई हैरान बनाउँछ । सामान्यतया ल्यापटपको ब्याट्री ४–५ घण्टा सम्म चल्छ, तर धेरैपटक हामी ल्यापटपमा यस्ता कामहरू गर्छौं जसले गर्दा ब्याट्री छिट्टै डिस्चार्ज हुन थाल्छ । यदि तपाईंसँग पनि यस्तो समस्या छ भने यहाँ हामी तपाईंलाई केही सरल टिप्स बताउन गइरहेका छौं, जसलाई अपनाएर तपाईँले आफ्नो ल्यापटपको ब्याट्री ब्याकअप बढाउन सक्नुहुन्छ ।
स्क्रिनको ब्राइटनेस घटाउनुहोस्
ल्यापटपको स्क्रिन ब्राइटनेसले ब्याट्री खपतलाई धेरै प्रभावित गर्छ । यदि ब्राइटनेस बढी छ भने ब्याट्री छिट्टै ड्रेन हुन्छ । ब्राइटनेसलाई कम वा मिडियममा राख्दा ब्याट्री लामो समयसम्म चल्छ । यसका लागि तपाईँ कीबोर्ड सर्टकट वा सेटिङमार्फत ब्राइटनेस घटाउन सक्नुहुन्छ ।
ब्याकग्राउन्ड एप्स बन्द गर्नुहोस्
धेरै पटक ल्यापटपमा ब्याकग्राउन्डमा एप्स चलिरहन्छन् । यी एप्स ल्यापटप अन गरेपछि आफैं ब्याकग्राउन्डमा चल्न थाल्छन् जसले गर्दा ब्याट्री छिट्टै सकिन्छ । तपाईँ टास्क म्यानेजर वा सेटिङमा गएर स्टार्टअप एपमा अनावश्यक एप्स बन्द गर्न सक्नुहुन्छ । यसो गर्दा ब्याकग्राउन्ड एप्स बन्द हुनेछन् ।
पावर सेभिङ मोडको प्रयोग गर्नुहोस्
विन्डोज र म्याकओएसमा पावर सेभिङ मोड उपलब्ध हुन्छ जसले ब्याट्री खपत कम गर्छ । यसलाई कन्ट्रोल प्यानल → पावर अप्सनमा गएर ब्याट्री सेभर वा ईको मोड मा सेट गर्नुहोस् ।
वाईफाई र ब्लुटुथ बन्द गर्नुहोस्
यदि तपाईंलाई इन्टरनेट वा ब्लुटुथको आवश्यकता छैन भने यी फिचरहरू बन्द गर्नुहोस् । यसले ब्याट्री लाइफलाई सुधार गर्न मद्दत गर्छ ।
अनावश्यक डिभाइस र पोर्ट डिसेबल गर्नुहोस्
यदि यूूएसबी डिभाइस, हार्ड ड्राइभ, वेबक्याम वा अन्य एक्सेसरीज ल्यापटपमा जोडिएको छ भने ती हटाउनुहोस्। यसले ब्याट्रीको अतिरिक्त खपत रोक्न सक्छ ।
ल्यापटपलाई धेरै तातिनबाट बचाउनुहोस्
ल्यापटप अत्यधिक तातो हुँदा (ओभरहिट) ब्याट्री छिट्टै सकिन्छ । यसलाई चिसो र समथर ठाउँमा राख्नुहोस् । ल्यापटपलाई बेडमा राखेर प्रयोग नगर्नुहोस्, किनकि यसले एयर भेन्ट्स ब्लक गर्छ जसले गर्दा ल्यापटप तातिन्छ । आवश्यक परेको अवस्थामा कूलिङ प्याडको प्रयोग गर्नुहोस् ।