कीवर्डहरू -

नेपाली बजारमा रेड्मी १३ सार्वजनिक, कति छ मूल्य ?

नेपाली बजारमा रेड्मी १३ सार्वजनिक, कति छ मूल्य ?

साओमीले नेपाली बजारमा रेड्मी १३ सार्वजनिक गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा र लङ लास्टिङ ब्याट्रीसहित रेड्मी १३ डिजाइन गरिएको छ । 

हाइपर ओएससहित उपलब्ध भएको यसमा साओमीले प्रयोगकर्तालाई निर्बाध प्रयोग सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरूलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याइरहेको बताए । 

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । 

१२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।

रेड्मी १३ ६ जिबी र्‍याम प्लस १२८ जिबी स्टोरेज र ८ जिबी र्‍याम प्लस २५६ जिबी स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । 

६ जिबी र्‍याम १२८ जिबी स्टोरेज र ८ जिबी र्‍याम प्लस २५६ जिबी भेरियन्टको मुल्य क्रमशः १८ हजार ९९९ र २१ हजरा ९९९ रूपैयौँ तोकिएको छ । 

रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र साओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध रहेको छ ।