विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।
यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध रहेको र थप खुसी दिनका लागि ल्याइएको बताए ।
रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।
यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।
स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।