नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकम दाखिला गर्न सेवा प्रदायकहरूलाई अनुरोध गरेको छ । प्राधिकरणले असोज मसान्तभित्र रोयल्टी वापतको रकम संचार तथा सूचना प्रविधि मन्त्रालयको राजश्व खातामा र ग्रामिण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न अनुरोध गरेको हो ।
प्राधिकरणले यसअघि नै अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले आ.व. २०७९।८० को अडीटेड वित्तिय विवरण र सो विवरण अनुसार बुझाउनु पर्ने कूल आम्दानीको ४ प्रतिशतले हुने रोयल्टी वापत रकम र २ प्रतिशतले हुने ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम २०८० पुष मसान्त भित्र बुझाउन पत्राचार गरेको थियो ।
तर हालसम्म पनि सेवा प्रदायकले दाखिला नगरेको हुँदा असोज मसान्तसम्मको समय दिएको हो । ४० वटा सेवा प्रदायकले वितिय विवरण, RTDF रकम तथा रोयल्टी बुझाएका छैनन् भने २१ सेवा प्रदायकले नियमानुसार RTDF रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण बुझाएका छैनन् ।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र खातामा दाखिला गरेको RTDF रकमको भौचर र अडिटेड वित्तिय विवरणसहित प्राधिकरणमा अनिवार्य रुपमा दर्ता गरी जानकारी गराउन समेत निर्देशन दिइएको छ ।
वितिय विवरण, RTDF रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण |
|||
१ |
बेनी कम्युनिकेशन्स प्रा. लि. |
२१ |
मेटा लिंक प्रा. लि. |
२ |
बिग मर्स्याङ्दी नेट प्रा. लि. |
२२ |
मेट्रोलिंक बिजनेस ग्रुप प्रा. लि. |
३ |
ब्रोडब्यान्ड सोलुशन्स प्रा. लि. |
२३ |
नेपाल नेट सञ्चार |
४ |
सि. डाटा कम्युनिकेशन प्रा. लि. |
२४ |
नेपाल वायरलेस |
५ |
चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि. |
२५ |
नेपालिंक कम्युनिकेशन प्रा. लि. |
६ |
डिभाइन स्ट्रिम नेटवर्क प्रा. लि. |
२६ |
नेट म्याक्स टेक्नोलोजीज प्रा. लि. |
७ |
डल्फिन नेट कम्युनिकेशन प्रा. लि. |
२७ |
पी.डी.एस. सर्भर नेटवर्क प्रा. लि. |
८ |
ई-लिंक नेट प्रा. लि. |
२८ |
पाल्स नेटवर्क प्रा. लि. |
९ |
एभरेस्ट लिंक प्रा. लि. |
२९ |
प्राइम नेटवर्क प्रा. लि. |
१० |
फास्ट स्पीड लिंक नेटवर्क प्रा. लि. |
३० |
रयापिड युनिक नेटवर्क प्रा. लि. |
११ |
जी.आर.एस. लिंक इन्टरनेट सर्भिस प्रा. लि. |
३१ |
रेग्मी मिडिया इन्क. प्रा. लि. |
१२ |
गण्डकी कम्युनिकेशन प्रा. लि. |
३२ |
सारथी कम्युनिकेशन्स नेटवर्क प्रा. लि. |
१३ |
गोरेटो कम्युनिकेशन प्रा. लि. |
३३ |
शाङ्ग्रिला इन्फर्मेटिक्स प्रा. लि. |
१४ |
हक नेट प्रा. लि. |
३४ |
स्मार्टलिंक टेलिकम्युनिकेशन्स प्रा. लि. |
१५ |
आइ. जोन प्रा. लि. |
३५ |
टेलनेट इन्टरनेट प्रा. लि. |
१६ |
कालिका नेट प्रा. लि. |
३६ |
अल्ट्रानेट कम्युनिकेशन प्रा. लि. |
१७ |
खप्तड नेट प्रा. लि. |
३७ |
युनिफाइड कम्युनिकेशन प्रा. लि. |
१८ |
कृति दर्शन मिडिया प्रा. लि. |
३८ |
युनाइट नेटवर्क्स प्रा. लि. |
१९ |
क्षिरेश्वर नेटवर्क प्रा. लि. |
३९ |
युनाइटेड टेलिकम लिमिटेड |
२० |
लुप नेटवर्क्स प्रा. लि. |
४० |
भर्चुअल नेटवर्क प्रा. लि. |
नियमानुसार RTDF रकम तथा रोयल्टी नबुझाएको सेवा प्रदायकहरुको विवरण |
|||
१ |
एयरसन इन्टरनेट प्रा. लि. |
१२ |
वर्ल्ड लिंक कम्युनिकेशन्स लिमिटेड |
२ |
एलिशा कम्युनिकेशन लिंक प्रा. लि. |
१३ |
जिशान नेटवर्क प्रा. लि. |
३ |
एरोनेट प्रा. लि. |
१४ |
ब्रोड लिंक नेटवर्क एण्ड कम्युनिकेशन लिमिटेड |
४ |
कम्युनिकेशन्स एण्ड कम्युनिकेट नेपाल प्रा. लि. |
१५ |
क्लासिक टेक प्रा. लि. |
५ |
फस्टलिंक कम्युनिकेशन्स प्रा. लि. |
१६ |
एभरेस्ट वायरलेस नेटवर्क प्रा. लि. |
६ |
कनेक्ट नेपाल नेटवर्क्स प्रा. लि. |
१७ |
लाइफ नेट प्रा. लि. |
७ |
मर्कन्टाइल कम्युनिकेशन्स प्रा. लि. |
१८ |
नियो लिंक प्रा. लि. |
८ |
पोखरा इन्टरनेट प्रा. लि. |
१९ |
स्विफ्ट नेटवर्क्स एण्ड कम्युनिकेशन प्रा. लि. |
९ |
सुबिसु केबलनेट लिमिटेड |
२० |
टेकमाइन्ड्स नेटवर्क प्रा. लि. |
१० |
भायानेट कम्युनिकेशन्स लिमिटेड |
२१ |
वेब सर्फर नेपाल कम्युनिकेशन्स सिष्टम प्रा. लि. |
११ |
वाइफाइ टेक नेपाल प्रा. लि. |
|
|