कीवर्डहरू -

मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेमा कारवाही गर्ने नियामकको चेतावनी

मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेमा कारवाही गर्ने नियामकको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेमा कारवाही गर्ने चेतावनी दिएको छ । 

सूचना प्रकाशित गर्दै प्राधिकरणले विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भइरहेको जानकारी आएकाले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । 

‘नेपालका केही स्थानहरु (सीमावर्ती क्षेत्रहरुमा समेत) विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न Signal Strength बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग भईरहेको भन्ने बुझिन आएको र उक्त कार्य रेडियो ऐन, २०१४ को दफा ३ तथा दूसंचार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराईन्छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।  

मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरको प्रयोग गरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।