सञ्चार तथा सूचना प्रविधि पृथ्बी सुब्बा गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भइरहेको र नियमन आवश्यक रहेको बताएका हुन् ।
‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो । नेपाल कमजोर हुन्छ भनेर हाम्रो धार्मिक सहिष्णुता र सांस्कृतिक सह अस्तित्वमा प्रहार भइरहेको छ । यहाँका केही मान्छे प्रयोग भइरहेका छन् ।’
कार्यक्रममा उनले सामाजिक सञ्जाल अराजकता तिर गइरहेको जानकारी दिदै नियमन आवश्यक रहेको र त्यसका लागि विधेयक ल्याएको जानकारी दिए ।
‘हतियार उठाएर मात्रै हिंसा हुँदैन । सामाजिक सञ्जालबाट पनि हिंसा भइरहेको छ । सामाजिक सञ्जाल नियमन गर्नुपर्छ । साइबर बुलिङ, फिशिङ, सेक्सटोर्सन, एक्सटोर्सन अभिव्यक्ति स्वतन्त्रता होइन,’ मन्त्री गुरूङले भने, ‘बोल्ने कुराका पनि सीमा हुन्छन् । लोकतन्त्रका पनि सीमा छन् ।’
एआईको दूरूपयोग गरी डिपफेक भिडियो बनाउँदा अभिव्यक्ति स्वतन्त्रता बलियो हुन्छ ? भन्दै उनले प्रश्न समेत गरेका थिए ।