कीवर्डहरू -

साउदीको बिन याला एक्सचेन्जको मोबाइल एपबाटै अब नेपालमा रेमिट्यान्स पठाउन सकिने

साउदीको बिन याला एक्सचेन्जको मोबाइल एपबाटै अब नेपालमा रेमिट्यान्स पठाउन सकिने

साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अब सहज हुने भएको छ । 

नेपालीहरूले नेपाल रेमिटमार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरूबाट मात्र नभई  बिन याला एक्सचेन्जको मोबाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

मोबाइल एप बाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि साउदी अरेबियामा रहेका नेपालीहरूले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुवैको बचत हुनेछ ।  

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष रितेश मित्तल र बिन याला एक्सचेन्ज तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुर्सान मुहम्मद हस्सन अल–याला ले हस्ताक्षर गरेका थिए ।