कीवर्डहरू -

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै ठगी, सचेत हुन साइबर ब्यूरोको अनुरोध

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै ठगी, सचेत हुन साइबर ब्यूरोको अनुरोध

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै आउने भ्रामक फोनमा विश्वास नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ । 

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै आर्थिक ठगी हुने गतिविधि बढ्दै गएपछि ब्यूरोले सचेत हुन अनुरोध गरेको हो । 

पछिल्लो समय विभिन्न फोन नम्बरहरूबाट ईसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु र तपाईलाई बोनस/चिठ्ठा प्राप्त भएकोले एसएमएसमार्फत पठाइएको लिङ्कमा क्लिक गर्न वा सो लिङ्ङ्कलाई कुनै अन्य नम्बरमा फरवार्ड गर्नुहोस् भन्ने जस्ता फोन कल आउने गरेका छन् । 

त्यस्ता लिङ्ङ्कमा क्लिक गर्दा वा फरवार्ड गर्दा सम्बन्धित उपकरणमा लगइन भइरहेका इसेवा वा कनेक्ट आईपीएसका क्रेडेन्सियल (User name/Password) ह्याक गरी आर्थिक ठगी हुने गतिविधी बढ्दै गएको छ ।  

साथै आम जनमानसमा यस्ता भ्रामक फोन कलहरूमा विश्वास नगर्न साथै त्यस्ता लिङ्कमा Click/forward समेत नगर्न हुन साइबर ब्यूरो सबैमा अनुरोध छ ।