कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरूद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिविरूद्धको रिटमा अदालतले अन्तरिम आदेश दिएन

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्ति गर्ने नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय विरुद्ध उच्च अदालत पाटनमा परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त भएसँगै अधिवक्ता अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले मन्त्रिपरिषद्, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरणलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए । 

रिटमा दूरसञ्चार ऐन विपरीत आवेदन खुलाइएको भन्दै नियुक्ति बदरको आदेश माग गरिएको भएपनि न्यायाधीश ऋषि राम दवाडी र पुरूषोत्तप्रसाद ढकालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।