धेरैजसो मानिसहरू फोन ढिलो चल्ने वा ह्याङ हुने समस्याबाट हैरान भइरहन्छन् । तर, जान्न लायक कुरा के छ भने – यो समस्याबाट धेरै सजिलै बच्न सकिन्छ । त्यो पनि केवल फोन रीस्टार्ट गरेर । स्मार्टफोनलाई रीस्टार्ट गर्नु सामान्य कामजस्तो लाग्न सक्छ ।
तर विशेषज्ञहरूका अनुसार यो डिभाइसको प्रदर्शन (परफर्मेन्स) राम्रो बनाउन महत्वपूर्ण भूमिका खेल्छ । टेक प्रोफेशनलहरूका अनुसार, स्मार्टफोनलाई हप्तामा एकपटक रीस्टार्ट गर्दा धेरै फाइदा पुग्छ । यो सामान्य लाग्ने बानीले नयाँ फोन किन्नबाट रोक्न सक्छ र तपाईँको पैसा पनि जोगाउन सक्छ । आउनुहोस्, यसबारे विस्तारमा जानौँ ।
विशेषज्ञहरू भन्छन् कि फोनलाई राम्रोसँग चलाइराख्नका लागि हप्तामा कम्तीमा तीनपटक रीस्टार्ट गर्नु आवश्यक हुन्छ । यद्यपि, मोबाइल कम्युनिकेशन कम्पनी टी मोबाइलका अनुसार, आईफोन र एन्ड्रोइड स्मार्टफोनलाई हप्तामा कम्तीमा एकपटक रीस्टार्ट गर्नुपर्छ । त्यहीँ, ठूलो मोबाइल कम्पनी सामसंगको भनाइ छ कि कम्पनीको ग्यालेक्सी फोनहरूलाई दैनिक रूपमा रीस्टार्ट गर्नु उपयुक्त हुन्छ ।
जब तपाईं फोन रीस्टार्ट गर्नुहुन्छ, त्यसले फोनको र्याम क्लियर गर्छ, ब्याकग्राउन्ड एप्सहरू बन्द गर्छ र अपरेटिङ सिस्टमलाई रिफ्रेश गर्छ । समयसँगै स्मार्टफोनमा टेम्परेरी फाइलहरू, क्यास डाटा र ब्याकग्राउन्ड प्रोसेसहरू जम्मा हुँदै जान्छन्, जसले डिभाइसको गति ढिलो पार्न सक्छ । हप्तामा एकपटक रीस्टार्ट गर्दा यी सबै अनावश्यक डेटा हट्छन्, जसले गर्दा फोन स्मूथ तरिकाले चल्छ र क्र्यास वा लग हुने सम्भावना कम हुन्छ ।
नियमित रीस्टार्टको अर्को फाइदा भनेको राम्रो ब्याट्री स्वास्थ्य हो । ब्याकग्राउन्ड एप्स र सिस्टम प्रोसेसहरू प्रयोगमा नहुँदासमेत पावर खर्च गरिरहेका हुन्छन् । रीस्टार्ट गर्दा ती प्रक्रिया बन्द हुन्छन् र अनावश्यक ब्याट्री ड्रेन रोकिन्छ । यसले फोनलाई एकपटक चार्जमा लामो समयसम्म चलाउन सहयोग गर्छ र ब्याट्रीको परफर्मेन्स पनि लामो समय टिकाउ रहन्छ ।
कहिलेकाहीँ स्मार्टफोनले प्रयोगकर्तालाई नबताई केही संकास्पद एप्स वा कनेक्शनहरू चलाइरहेका हुन्छन् । फोन रीस्टार्ट गर्दा यस्ता ब्याकग्राउन्ड गतिविधिहरू बन्द हुन सक्छन् र सुरक्षा सफ्टवेयरहरूलाई फेरि सुरु गर्न सहयोग पु¥याउँछ। यो मालवेयर वा अवाञ्छित एप्सबाट हुने जोखिमहरू घटाउन विशेष उपयोगी हुन्छ ।
त्यसैगरी, मोबाइल नेटवर्क र वाईफाई कनेक्टिभिटी समस्यामा पनि रीस्टार्ट उपयोगी हुन्छ। यदि तपाईंको फोन नेटवर्क वा वाईफाई सँग जडान हुन नसकिरहेको छ भने, रीस्टार्ट गर्दा कनेक्शनहरू रिफ्रेश हुन्छन् र यस्ता सामान्य समस्याहरू समाधान हुन सक्छन् । यो प्रक्रिया हार्डवेयर र सफ्टवेयरको लागि सानो ’रीसेट’ जस्तै हो ।
यद्यपि, विशेषज्ञहरू दिनमा धेरैपटक रीस्टार्ट गर्न नहुने सल्लाह दिन्छन् । बारम्बार रीस्टार्ट गर्दा अतिरिक्त कुनै फाइदा त हुँदैन, तर समयसँगै फोनका आन्तरिक कम्पोनेन्टहरूमा सानो तनाव पर्न सक्छ। तर हप्तामा एकपटक रीस्टार्ट गर्दा मर्मत (मेन्टेनेन्स) र व्यवहारिकताको बीच सन्तुलन कायम रहन्छ ।
समग्रमा भन्ने हो भने, स्मार्टफोनलाई हप्तामा कम्तीमा एकपटक रीस्टार्ट गर्नु एक सानो तर शक्तिशाली कदम हो – जसले डिभाइसको प्रदर्शन, ब्याट्री लाइफ र सुरक्षालाई कायम राख्न सहयोग गर्छ। किनभने स्मार्टफोन दैनिक जीवनको अनिवार्य उपकरण बनिसकेको छ, यस्ता साना मर्मत सम्बन्धी बानीहरूले फोनको आयु (लाइफस्प्यान) र कार्यक्षमता बढाउन धेरै मद्दत पु¥याउँछन् ।