कीवर्डहरू -

नानो बनाना प्रो मोडेलको निःशुल्क प्रयोगमा कडाइ, अब दिनमा २ वटा मात्रै जेनेरेट गर्न मिल्ने

नानो बनाना प्रो मोडेलको निःशुल्क प्रयोगमा कडाइ, अब दिनमा २ वटा मात्रै जेनेरेट गर्न मिल्ने

गुगलले आफ्नो नयाँ नानो बनाना प्रो मोडेलको निःशुल्क प्रयोगमा कडाइ गरेको छ। नाइनटुफाइभद्वारा भेटिएको एक सपोर्ट डक्युमेन्ट अनुसार, अब फ्री प्रयोगकर्ताले दिनमा दुईवटा मात्र छवि जेनेरेट गर्न सक्नेछन्। 

पहिले यो सीमा तीनवटा थियो। कम्पनीका अनुसार इमेज जेनरेशन र एडिटिङको माग अत्यधिक बढेकाले सीमामा परिवर्तन गरिएको हो। गुगलले भनेको छ, ‘इमेज जेनरेशन र एडिटिङको माग निकै उच्च छ। सीमा समय–समयमा परिवर्तन हुन सक्छ र दैनिक रूपमा रिसेट हुनेछ।‘

यससँगै, गुगलले जेमिनाई ३ प्रोको नि:शुल्क प्रयोगमा पनि नयाँ सीमा लागू गरेको छ। कम्पनीले फ्री प्रयोगकर्तालाई ‘बेसिक एक्सेस’ मात्र उपलब्ध हुने उल्लेख गर्दै दैनिक सीमा परिवर्तन हुन सक्ने जानकारी दिएको छ। जेमिनाई ३ प्रो पहिलोपटक नोभेम्बर १८ मा रोलआउट हुँदा प्रयोगकर्ताले दिनमा पाँचवटा नि:शुल्क प्रम्प्ट पाउने घोषणा गरिएको थियो।

तर, गूगल एआई प्रो वा एआई अल्ट्रा योजना प्रयोग गर्ने व्यक्तिहरूका लागि भने कुनै परिवर्तन भएको छैन। यी सशुल्क योजनामा क्रमशः १०० र ५०० प्रम्प्ट प्रति दिन को सीमा यथावत् छ।

विश्वभर एआई फिचरहरू लोकप्रिय बन्दै गएसँगै कम्पनीहरूले निःशुल्क प्रयोगमा कडाइ गर्ने प्रवृत्ति बढ्दो छ। यसअघि ओपन एआईले पनि च्याटजीपीटीमा उपलब्ध इन-बिल्ट इमेज जेनरेटर अत्यधिक लोकप्रिय भएपछि फ्री युजरका लागि ढिलो ल्याएको थियो। तर पछि ओपन एआईले यसलाई सबैका लागि फ्री उपलब्ध गराएको थियो।