कीवर्डहरू -

राईड शेयरिङ प्लेटफर्म राईडअक्स बुधबार वीरगंजमा सफ्ट लञ्च गरिदै

राईड शेयरिङ प्लेटफर्म राईडअक्स बुधबार वीरगंजमा सफ्ट लञ्च गरिदै

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) बुधबार सफ्ट लञ्च गर्ने भएको छ । पहिलो चरणमा राईडअक्सले आफ्नो सेवा वीरगंजमा सफ्ट लञ्च गर्ने भएको हो । 

वीरगंजपछि दोस्रो चरणमा चैत २५ गते कोशीमा सार्वजनिक हुने र क्रमश विभिन्न प्रदेश तथा सहरमा सर्वजनिक हुने कम्पनीले जनाएको छ । 

गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको थियो । 

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा केही दिन अघि राइडर्स मिटअप गरेको थियो । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ । 
बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए ।

यसमा यदी अनलाईन राईड लिई केही समयपछि अफलाइन गर्न खोज्दा त्यस्ता राइड पनि मोनिटर हुने कम्पनीको भनाइ छ । सुरूवातमा राइडर्सबाट कमिसन नलिने कम्पनीको योजना छ । 
राईडअक्समा राइडर्सको रूपमा आवद्ध हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवद्ध हुन सकिने छ ।