कीवर्डहरू -

राईडअक्सले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने

राईडअक्सले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) ले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने भएको छ । छिट्टै सार्वजनिक हुन लागेको राईडअक्सले वीरगंजको रानिघाटमा राइडर्स मिटअप गर्न लागेको हो । 

गत वर्षदेखि नै राईडअक्स सुरु गर्ने भनिए पनि केही प्राविधिक कारणले सञ्चालनमा ढिलाइ भइरहेको थियो । अब भने सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

राईडअक्सले राइडर्सहरूलाई जनचेतना जगाउने उद्देश्यसहित वीरगंजमा मिटअप गर्न लागेको जनाइएको छ । राईडअक्स एप प्लेस्टोर र एपस्टोर उपलब्ध भइसकेको छ । 

बजारमा चलिरहेको भन्दा केही फरक सुविधासहित सुरू हुन लागेको कम्पनीका सञ्चालक सुनिल यादवले बताए । यसमा यदी राईडर्सले अफलाइन राइड लिएमा त्यसको समेय मोनिटर गर्न सुविधा रहेको कम्पनीको भनाइ छ ।