मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् । पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेटको संचालकमा अधिकारी नियुक्त भएका हुन् ।
नव नियुक्त संचालक अधिकारीसँग १ दशकको व्यवसायिक अनुभव रहेको छ । शैक्षिक संस्था, कर्पोरेट, संचार, इकमर्श र पुस्तक प्रकाशन क्षेत्रमा लामो समयदेखि कार्यरत अधिकारी कला, साहित्य क्षेत्रमासमेत सक्रिय छन्।
संचालक समितिमा नियुक्त भएसंगै अधिकारीले कम्पनीलाई छिट्टै आईपिओमा लैजाने तयारी भएको बताए ।