कीवर्डहरू -

सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका

सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका

माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस मेललाई कम्पनीले बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाम दिएको छ । 

ब्राण्ड र ग्राहक विचको सामिप्यता अझ गहिरो बनाउन सागर ग्रुपले मेला आयोजना गरेको जनाएको छ । मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । 

यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधि, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने छन् ।
सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहेका छन् ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गरेको छ । यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका ट्रेनिङहरू समेत प्रदान गरिने छ ।

प्रत्येक दिन विहान १० बजेदेखि साँझ ५ बजे सम्म ७ दिनसम्म संचालन हुने यो एक्स्पोमा भ्रमण अवलोकन गर्ने आगन्तुकहरुलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्रको माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिनेछ ।