नेपाल दूरसञ्चार प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेश यात्रा गर्ने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्ड बिक्री गर्न अनुरोध गरेको छ ।
सूचना प्रकाशित गर्दै प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु बिक्री गर्न अनुरोध गरेको हो ।
‘विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु विदेश यात्रा गर्ने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा विक्री/ वितरण गर्नको लागि यस प्राधिकरणबाट नो अब्जेक्सन प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले तत् तत् देशहरुमा जाने व्यक्तिहरुलाई सिमकार्ड र रिचार्ज कार्डहरु बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरुले यस प्राधिकरणबाट नो अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु / गराउनु हुन सम्बन्धित सरोकारवालाहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।