अहिलेको समयमा धेरै ठूला टेक दिग्गज कम्पनीहरू एआईलाई अझ उन्नत बनाउन जुटिरहेका छन् । यसैबीच ओपनएआईका सीईओ स्याम अल्टम्यानले सफ्टवेयर इन्जिनियरिङ क्षेत्रका लागि आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईका हालको क्षमताहरूबारे ठूलो टिप्पणी गरेका छन् ।
'अहिले एआई एउटा इन्टर्न जस्तै छ, तर धेरै छिट्टै यो टेक्नोलोजी एक अनुभवी सफ्टवेयर इन्जिनियरजस्तो क्षमतावान् हुनेछ। अर्थात् आउने दिनहरूमा एआई नेक्स्ट लेभलमा पुग्नेछ,' अल्टम्यानले स्नोफ्लेक समिट २०२५ मा भने ।
उनका अनुसार अर्को वर्षभित्र यस्तो एआई एजेन्टहरू पनि आउने छन्, जसले जटिल कामहरू सजिलै पूरा गर्नेछन् र नयाँ ज्ञान खोज्ने क्षमता पनि हुनेछ । भविष्यमा एआई जटिल कोडिङ समस्याहरू समाधान गर्न, सफ्टवेयर आर्किटेक्चर डिजाइन गर्न र स्ट्राटेजिक डेभलपमेन्ट निर्णयहरूमा महत्वपूर्ण भूमिका खेल्ने अल्टम्यानको भनाइ छ ।
'आउने समयमा सफ्टवेयर इन्जिनियरहरूले नियमित कोडिङ्भन्दा माथि उठेर आफ्ना क्षमताहरू विकास गर्नुपर्नेछ। उनीहरूले जटिल एआई–आधारित प्रोजेक्टहरू म्यानेज गर्ने, एआईको एथिकल प्रयोग र नयाँ टेक्निकल क्षमताहरू विकास गर्ने क्षेत्रहरूमा केन्द्रित हुनुपर्नेछ,' उनले अगाडि भने
एआईका कारण मानिसहरूको रोजगारी जोखिममा परेको र व्यापक बहस चलिरहेको बेला अल्टम्यानको यो टिप्पणी आएको हो । केही समयअघि एन्थ्रोपिकका सीईओ डारियो एमोडेईले पनि एआईका कारण आगामी पाँच वर्षमा ५० प्रतिशतसम्म एन्ड्री–लेभल वाइट–कलर जब्स समाप्त हुन सक्ने र जसका कारण अमेरिकामा अनइम्प्लोयमेन्ट रेट २० प्रतिशतसम्म पुग्ने सम्भावना रहेको बताएका थिए ।