कीवर्डहरू -

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा चाँडै सार्वजनिक हुने

सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा चाँडै सार्वजनिक हुने

सामसङले अहिले आफ्नो सबैभन्दा फ्ल्यागशिप सामसङ ग्यालेक्सी एस २५ सिरिजमा काम गरिरहेको छ । यो सिरिजमा सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा पनि लञ्च हुनेछ ।

यसबारेमा लञ्च हुनुअघि नै धेरै जानकारीहरू बाहिर आइसकेका छन् । ग्यालेक्सी एस२४ अल्ट्रासँग तुलना गर्दा यसमा धेरै अपग्रेड सुविधाहरू दिइनेछ । साथै यसमा एआई फिचरहरू पनि भरपूर हुनेछन् । 

आगामी फ्ल्यागशिपमा सामसङले आफ्नो एआई फिचरहरूको दायरा विस्तार गर्नेछ । यस वर्ष जनवरीमा प्रस्तुत गरिएको एस२५ सिरिजमा थुप्रै एआई फिचरहरू प्रस्तुत गरिएका थिए ।

कम्पनीले यो एप्पलभन्दा पहिल्यै गरेको थियो, र अहिले एप्पलले पनि आईफोन १६ मा एआई फिचरहरू समावेश गरेको छ । यस्तोमा सामसङले यसमा फिचरहरूलाई अपग्रेड गर्नेछ र यसमा धेरै नयाँ फिचरहरू समावेश गरिनेछ ।

ग्यालेक्सी एस २५ अल्ट्रामा ६.८ इन्चको डायनामिक एमोलेड डिस्प्ले हुनसक्छ, जसको रिफ्रेस रेट १२० हर्ज हुनेछ । फोनको डिजाइन पहिलेभन्दा स्लिम र हल्का हुनेछ । डिजाइनको हिसाबले यसमा केही थप परिवर्तनहरू पनि गरिन सक्ने सम्भावना छ ।

क्यामेरा

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा २०० एमपीको प्राइमरी क्यामेरा हुनेछ, जसमा एडभान्स्ड अप्टिकल जुम र स्टेबलाइजेशन फिचरहरू रहनेछन् । क्यामेरामा एआई फिचरहरू पनि उपलब्ध हुनेछन्, जसले फोटोग्राफी अनुभवलाई अझ राम्रो बनाउनेछ ।

यसमा एआई प्रोसेसिङले लो लाइटमा पनि राम्रो फोटो निकाल्न मद्दत गर्नेछ । नयाँ फिचरहरूमा कम्प्युटेसनल फोटोग्राफी र एडभान्स पोर्ट्रेट मोड समावेश गरिन सक्नेछ । यसपटक कम्पनीले अप्टिकल जुमलाई पनि वृद्धि गर्ने योजना बनाएको छ । सेल्फी क्यामेरा ग्यालेक्सी एस २५ अल्ट्राजस्तै हुन सक्छ, तर एडभान्स सुविधाहरूको साथमा आउने अनुमान गरिएको छ ।

प्रोसेसर र र्याम

ग्यालेक्सी एस २५ अल्ट्रामा क्वालकम स्नापड्रागन एट जेन फोर प्रोसेसर हुनेछ, जससँग १६जीबी सम्मको र्‍याम र १ टिबी सम्मको स्टोरेज अप्सन उपलब्ध हुनेछ । तर, युरोपेली देशहरूमा सामसङले आफ्नो फ्ल्यागशिप किलर फोनलाई इनहाउस एक्सिनोस २५०० चिपसेटको साथ ल्याउनेछ । स्टोरेज अप्सन भने उस्तै रहनेछ ।

ब्याट्री र चार्जिङ

ग्यालेक्सी एस२५ अल्ट्रामा ५५०० एमएएच ब्याट्री हुनेछ, जसले ६५वाट फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ । साथै यसले १५ वाट वायरलेस चार्जिङ सपोर्ट पनि पाउनेछ । ग्यालेक्सी एस२५ अल्ट्रामाएन्ड्रोइड १४ अपरेटिङ सिस्टम हुनेछ, जसमा सामसुङको वान यूआई ६.० इन्टरफेस हुनेछ ।

मूल्य र लञ्च डेट

ग्यालेक्सी एस २५ अल्ट्राको मूल्य करिब १,९२,००० रुपैयाँ (1,486.75$) बाट सुरु हुन सक्छ । यसको लञ्च मिति अहिलेसम्म आधिकारिक छैन, तर अनुमान गरिन्छ कि यो जनवरी २०२५ मा लञ्च हुनेछ ।