कीवर्डहरू -

सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार

सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै  आकर्षक उपहार

चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने अफरमा ३१ प्रतिशतसम्मको छुट पाइने छ । 
यस बाहेक सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने र चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन् ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ, जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिने छ । 

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्नेछ । नागरिकता मात्र लिएर इन्स्टा फाइनान्सको सुविधा लिन सकिने छ । 

साथै ग्राहकहरूलाई अर्कोस्टोरबाट माथि उल्लिखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ ।