सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ग्यालेक्सी एम १६ फाइभजी फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै ‘मन्स्टर’ स्तरका फिचरहरू समावेश गरी ग्यालेक्सी एम १६ ल्याइएको हो ।
सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने नयाँ डिजाइन, फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, ६ वर्षसम्म अपडेट जस्ता विशेषतासहित ल्याएको जानकारी दिए । फोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले अझ जीवन्त र स्पष्ट दृश्य अनुभव प्रदान गर्नेछ ।
यसमा भएको एडाप्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै सामग्री हेर्न सकिने छ । सामाजिक सञ्जाल हेर्न रुचाउने जुनजी र मिलेनियल्सका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।ग्यालेक्सी एम १६ नयाँ लाइनियर ग्रुप क्यामेरा मोड्युल र आकर्षक कलर प्यालेट सहित स्लीक डिजाइन दिइएको छ । फोनको मोटाई केवल ७.९ एमएम भएकोले यो हातमा निकै सजिलो र स्टाइलिस देखिने छ ।
फोनमा मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ । यसमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेल म्याक्रो क्यामेरा रहेको छ । अगाडि तर्फ १३ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
फोनमा ५००० एमएएच ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, २५ वाट फास्ट चार्जिङ समर्थन पनि छ । सामसङले ग्यालेक्सी एम १६ मा ६ पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट दिने जनाएको छ । साथै, सामसङ नक्स भल्ट सुरक्षा प्रणालीले हार्डवेयर र सफ्टवेयर हमला दुवैबाट सुरक्षा प्रदान गर्नेछ ।
त्यस्तै, भ्वाइस फोकस फिचरले फोन कलको बेलामा वरिपरिको आवाज घटाएर कुराकानी थप स्पष्ट बनाउने छ । ग्यालेक्सी एम १६ फाइभजी फोन अब नेपालभरका सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ । फोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ, जसको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
यो फोन मासिक १ हजार ३५० ररूपैयाँ ईएमआईमा खरिद गर्न सकिने छ । साथै, पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एम १६ फाइभजी लिन सबको फोन र अर्को स्टोरबाट एक्सचेञ्ज सेवा पनि उपलब्ध छ ।