कीवर्डहरू -

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउने र स्मार्ट कनेक्टिभिटीलाई सुदृढ बनाउने उद्देश्यले डिजाइन गरिएको यस सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ उचाइ थपेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी वाच८ सिरिजमा अझ पातलो डिजाइन, ब्राइट स्क्रिन, र अपग्रेड गरिएको बायोएक्टिभ सेनसर जडान गरिएको छ। प्रयोगकर्ताले आफ्नो सुत्ने बानी, दौडने अभ्यास, तथा शरीरको करोडेनोइड लेभल जस्ता स्वास्थ्य सूचकांकहरूको निगरानी गर्न सक्नेछन्।

यो वाचले सर्केदीयन् रिदमको विश्लेषण गरी उपयोगकर्तालाई उचित सुत्ने समयको सुझाव दिने सुविधा पनि उपलब्ध गराउँछ। साथै, यसमा रहेको रनिंग कोच फिचरले वास्तविक समयमा दौड अभ्यासका लागि सुझाव प्रदान गर्छ, जसले स्वास्थ्य सुधारमा प्रत्यक्ष सहयोग गर्छ।

नयाँ सिरिजमा सामेल गरिएको जेमिनी एआई सहायकले स्मार्ट अनुभवलाई अझ सहज बनाएको छ। प्रयोगकर्ताले अब आफ्नो वाचलाई भ्वाइस कमाण्डमार्फत नियन्त्रण गर्न सक्छन् – चाहे त्यो मेसेज पठाउने होस्, व्यायाम सुरु गर्ने होस् वा हेल्थ एप्स हेर्ने।

डिजाइनतर्फ, यो वाच पहिलेभन्दा झनै हलुका, पातलो, र स्किनलाई नझ्याप्ने ब्यान्डसहितको मेटल फ्रेममा उपलब्ध छ। यसको मिनिमलिस्ट शैली अफिस मिटिङदेखि व्यायामसम्म, सबै वातावरणमा सुहाउँछ।

उपलब्धता र मूल्य

मोडेल साइज रङ मूल्य (रु)
ग्यालेक्सी वाच८ क्लासिक ४६ एमएम White ७४,९९९
ग्यालेक्सी वाच८ ४० एमएम Graphite ५४,९९९
ग्यालेक्सी वाच८ ४४ एमएम Graphite, Silver ५९,९९९