कीवर्डहरू -

अघिल्ला फोल्डेबल फोनभन्दा ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को प्रि-बुकिङ झन्डै दुई गुणा बढी

अघिल्ला फोल्डेबल फोनभन्दा ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को प्रि-बुकिङ झन्डै दुई गुणा बढी

अघिल्लो जेनेरेसनका फोल्डेबल फोनभन्दा सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को लागि झन्डै दुई गुणा बढी प्रि–अर्डर भएको छ ।  

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को प्रि-अर्डर गर्ने समय साउन १५ गतेसम्म खुला थियो । उक्त समय अवधिमा यसअघिका सामङका फोल्डेबल फोनभन्दा ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को लागि झन्डै दुई गुणा प्रि–अर्डर भएको हो । 

ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ को प्रि अर्डर समाप्त भएसँगै अब फोल्डेबलहरु अब बजारमा उपलब्ध भएका छन् । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ लाई उपभोक्ता दिएको मायाप्रति खुसी व्यक्त गरे । 

नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोन भएको सामसङको दावी छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि प्रयोग गरिएको छ, जसले यी स्मार्टफोनहरूलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउने छ ।

ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ ग्यालेक्सको उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्रोसेसर प्रयोग गरिएको छ । यसले सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दै फरफर्मेन्सलाई राम्रो बनाउने छ ।

ग्यालेक्सी जेड फोल्ड ६ मा एआई–संचालित – नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज, इन्टरप्रिटर, फोटो असिस्ट र इन्स्ट्यान्ट स्लो–मो – जस्ता सुविधाहरू उपलब्ध छन् । गेमिंग सेसनलाई लामो समयसम्म साथ दिन ग्यालेक्सी जेड फोल्ड ६ अब १.६ गुना ठुलो भेपर चेम्बरको साथ आउँछ । 

ग्यालेक्सी जेड फ्लिप ६ ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरू प्रदान गर्ने छ । ३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथमा, तपाईँले आफ्नो फोन अन्फोल्ड नगरीकनै एआई–असिस्तेड फन्कसन्हरू प्रयोग गर्न सक्नुहुनेछ । 

टेक्स्टहरूलाई जवाफ दिन सजेस्टेड रिप्लाइ समेत पाउन सकिने छ । फ्लेक्सक्याम अटो जुमको साथ आउँछ जसले कुनै पनि वस्तुलाई डिटेक्ट गर्न र आवश्यक एडजस्टमेन्ट गर्नु अघि जुम इन र आउट गरेर शटको लागि उत्कृष्ट फ्रेमिङ रचना गरिदिने छ । 

यसमा ५० मेगापिक्सेल वाइड र १२ मेगापिक्सेल अल्ट्रा–वाइड सेन्सरहरूले तस्बिरहरूमा स्पष्ट र क्रिस्प विवरणहरूको साथ अपग्रेड गरिएको क्यामेरा अनुभव प्रदान गर्नेछ । नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि २ एक्स अप्टिकल जुम र १० एक्स जुमको साथ एडभान्सड शुटिंग अनुभवको लागि एआई जुम दिन्छ । 

ग्यालेक्सी जेड फ्लिप ६ मा परिष्कृत ब्याट्री लाइफको साथ र पहिलो पटक जेड फ्लिप सेग्मेन्टले भेपर चेम्बर प्राप्त गरेको छ । ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ को अतिरिक्त, सामसङले एआई–इनफयुजड ग्यालेक्सी वाच ७ र ग्यालेक्सी बड्स ३ पनि बजारमा उपलब्ध गराएको छ ।

ग्यालेक्सी जेड फोल्ड ६ (१२+५१२ जीबी) सिल्भर श्याडो न्यभीको मूल्य २ लाख ४९ हजार ९९९ रूपैयाँ, ग्यालेक्सी जेड फोल्ड ६ (१२+२५६ जीबी) २ लाख ३४ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी जेड फ्लिप ६ (१२+२५६ जीबी) सिल्भर श्याडो, ब्लुको मूल्य १ लाख ५४ हजार ९९९ रूपैयाँ रहेको छ ।

यस्तै ग्यालेक्सी वाच ७ (४४ एमएम) ग्रिन, सिल्भरको मूल्य ४९ हजार ९९९ रूपैयाँ, वाच ७ (४० एमएम) बेईज, ग्रिनको मूल्य ४४ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी बड्स ३ सिल्भर, ह्वाइटको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्राप्त गर्न सक्नेछन् । आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत एक्सचेन्ज बोनस पनि उपलब्ध गराएको छ । यसका साथै ग्राहकले स्टक रहुन्जेल प्रत्येक महिना १७ जीबी डाटा + ४९९ मिनेट कल + ४९९ एसएमएस ६ महिनासम्म निःशुल्क सेवा रहेको एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन्।

यस बाहेक हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाका साथ ग्राहकहरूले नयाँ ग्यालेक्सी जेड फोल्ड६ को लागि रु ६८५४÷महिना र ग्यालेक्सी जेड फ्लिप६को लागि रु ४५२१÷महिनाको ० प्रतिशत ब्याज दर भएको ईएमआईमा २४ महिनाको अवधिमा देश भरका कुनै पनि सामसङ अधिकृत स्टोरहरूबाट मात्र ३० प्रतिशत डाउन पेमेन्ट गरी प्राप्त गर्न सक्ने छन् ।