कीवर्डहरू -

सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै

सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै

सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नयाँ कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रम पनि सुरु गरिएको छ।

कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको छ। स्नातक भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने नयाँ विद्यार्थीहरूलाई पनि स्वागत गरिएको थियो।

सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले युवालाई भविष्यका लागि तयार पार्न काम गरिरहेको बताए ।

एसआईसीको पाठ्यक्रम केवल प्राविधिक तालिममा सीमित नभई, डिजिटल साक्षरता, सिर्जनशीलता, समस्या समाधान क्षमता र सहकार्यजस्ता आवश्यक सफ्ट स्किल्ससँग समेटिएको छ। सहभागीहरूले एआई, बिग डेटा, आईओटी र कोडिङजस्ता प्रविधि प्रयोग गर्दै वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने अभ्यास गर्छन्।

पुल्चोक क्याम्पसमा भएको प्रमाणपत्र वितरण समारोहमा प्रा. डा. खड्ग के.सी., रेक्टर; डा. सञ्जय उप्रेती, क्याम्पस प्रमुख; तथा डा. सुशील बी. बज्राचार्य, डिन, इन्स्टिच्युट अफ इन्जिनियरिङ उपस्थित थिए।

सामसङ इनोभेसन क्याम्पसले नेपालमा भविष्य–तयार नवप्रवर्तनकर्ताहरू तयार पार्दै प्रविधि इकोसिस्टमलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्ने बताएको छ।