कीवर्डहरू -

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । इन्स्टा फाइनान्सबाट सामसङले ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याजदरमा ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू किन्न पाउने सुविधा दिएको छ । 

अब सामसङ नेपालले यो सुविधालाई झन सहज बनाएको छ । शुन्य प्रतिशत ब्याजदरमा ईएमआईमा ग्राहकहरूले आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याए पुग्ने छ । हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झट रहित नै थियो, तर सो प्रक्रियाको लागि अरु पनि थप कागजातहरूको आवश्यकता पर्थ्यो ।

अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरु बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि २० हजार रूपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शुन्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने छन् ।

इन्स्टा फाइनान्सको साथ साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिजका लिन सक्नेछन् । 

यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ । यससेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप ५ हजार रूपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा ३ हजार रूपैयाँ बोनस पाउनेछन् । यी सुविधाहरू नेपाल भरि नै उपलब्ध छ ।