सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ विस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनकोमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै तपाईंको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले तपाईंको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउनेछ ।
यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईंको घरमा सजिलै फिट हुने बनाउने र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सकिने सामसङले जनाएको छ ।
यो इनोभेटिभ डिजाइनले भित्री डुमलाई वृद्धि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाईलाई प्राथमिकता दिएको छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्डी गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।
१२ केजी लाइन-अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छः डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भाएको WW12DG6B24ABIM उपलब्ध भएको छ ।
यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० रूपैयाँ र १ लाख २० हजार ९९० रूपैयाँ रहेको छ । यस वाशिङ मशिनलाई सामसङ कन्ज्यूमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभरि उपलब्ध गराइएको छ ।