कीवर्डहरू -

ग्यालेक्सी एम १७ फाइभजी नेपालमा, अप्टिकल इमेज स्टेबिलाइजेसनसहित के के छन् अन्य सुविधा ?

ग्यालेक्सी एम १७ फाइभजी नेपालमा, अप्टिकल इमेज स्टेबिलाइजेसनसहित के के छन् अन्य सुविधा ?

सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम १७ फाइभजी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, दमदार टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक अप्टिकल इमेज स्टेबिलाइजेसन (आईओएस) प्रविधि अर्थात नो शेक क्यामेरा ल्याएको छ ।

अब प्रयोगकर्ताहरूले जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सक्नेछन् । सामसङले यो फोनलाई ती युवापुस्ताका लागि लक्षित गरेको छ, जो सिर्जनात्मक, गतिशील र टेक्नोलोजीप्रेमी छन् ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी इम १७ फाइभजीमार्फत एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँन खोजेको बताए ।

‘No Shake Camer  सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछन्,’ उनले भने ।

ग्यालेक्सी एआई सुविधा रहेको यस स्मार्टफोनमा सर्कल टु सर्च विथ इमेज र रियल टाइम एसिस्ट जस्ता फिचर छन् । यसमा ६ न्यानोमिटरको एक्सिनोस १३३० प्रोसेसर प्रयोग गरिएको छ । 

फोनमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस र आईपी रेटिङ सुविधासहित ६.७ फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले राखिएको छ । 

यी सबै सुविधाहरूले ग्यालेक्सी एम १७ फाइभजीलाई दैनिक जीवनका साहसिक क्षणहरूका लागि भरपर्दो साथि बनाउँने कम्पनीको भनाइ छ । 

फोनमा ४ जीबी र्‍याम र ६ जीबी र्‍याम भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः २५ हजार ९९९ र २७ हजार ९९९ रूपैयाँ तोकिएको छ । फोनको स्टोरेज भने १२८ जीबी रहेको छ ।
फोन आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यो नयाँ स्मार्टफोन खरिद गर्न सकिने छ ।