कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी ट्याब ए११, शक्तिशाली प्रदर्शन र पोर्टेबिलिटीको आकर्षक संयोजन

नेपालमा सार्वजनिक भयो ग्यालेक्सी ट्याब ए११, शक्तिशाली प्रदर्शन र पोर्टेबिलिटीको आकर्षक संयोजन

सामसङ नेपालले नयाँ ग्यालेक्सी ट्याब ए११ नेपाली बजारमा भित्र्याएको घोषणा गरेको छ। सबै उमेरका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको यो ट्याबलेटले प्रदर्शन, पोर्टेबिलिटी र स्टाइलको उत्तम सन्तुलन कायम गरेको कम्पनीको दावी छ । 

ग्यालेक्सी ट्याब ए११ मा रहेको ठूलो ८.७ इन्चको डिस्प्लेले चलचित्र, गेम तथा अनलाइन कक्षाका लागि जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ। शक्तिशाली हेलियो जी ९९ प्रोसेसर युक्त यो ट्याबले मल्टिटास्किङ, एप स्विचिङ तथा स्ट्रिमिङलाई सहज र द्रुत बनाउँदै विद्यार्थी, व्यवसायी तथा परिवारका लागि भरपर्दो उपकरणको रूपमा उभिएको छ।

स्लिम र हल्का डिजाइन भएको ट्याब ए११ सजिलै बोक्न मिल्ने छ। यसमा रहेको ५१०० एमएएच ब्याट्रीले लामो समयसम्म अविच्छिन्न प्रयोगको सुविधा दिन्छ। ग्यालेक्सी इकोसिस्टमसँगको सहज समन्वयले प्रयोगकर्ताले स्मार्टफोनमा प्राप्त सूचना व्यवस्थापन, फाइल सेयरिङ तथा डिभाइस कनेक्टिभिटीलाई झनै सरल बनाएको छ। यस ट्याबलेटको एलटीई भेरियन्टले यात्राको क्रममा पनि नेटवर्क पहुँच सुनिश्चित गर्छ भने वाईफाई मोडेल घर–परिवारको सामान्य प्रयोगका लागि उपयुक्त छ।

सामसङले ट्याब ए११ का प्रयोगकर्तालाई ७ वर्षसम्म अपरेटिङ सिस्टम अपग्रेड र ७ वर्ष सुरक्षा अपडेट प्रदान गर्ने भएको छ, जसले लामो समयसम्म सुरक्षित तथा भरपर्दो प्रदर्शन सुनिश्चित गर्छ। सामसङ किड्स मोड, अभिभावक नियन्त्रण तथा मल्टिपल युजर प्रोफाइलजस्ता सुविधाले ट्याब ए११ लाई परिवारमैत्री उपकरण बनाएको छ।

सामसङ नेपालका एमएक्स निर्देशक प्रनय रत्न स्थापितले ग्यालेक्सी ट्याब ए११ विद्यार्थी, युवा पेशेवरदेखि परिवारसम्म सबैका लागि सजिलो र फिचर-रिच डिभाइस उपलब्ध गराउनु लक्ष्य भएको बताए । 

ग्यालेक्सी ट्याब ए११ नेपालभर रहेका अधिकृत सामसङ स्टोर तथा खुद्रा साझेदारहरूमा उपलब्ध छ। एलटीई भेरियन्ट (८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज) को मूल्य ३० हजार ९९९ रूपैयाँ र वाईफाई भेरियन्टको मूल्य (४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज) १९ हजार ४९९ रूपैयाँ रहेको छ । साथै किस्ताबन्दीमा पनि ट्याब किन्न सकिन्छ ।