हालै एप्पलले आफ्ना सबै डिभाइसहरूका लागि लेटेस्ट अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । यसलाई कम्पनीले लिक्विड ग्लास डिजाइन नाम दिएको छ । यो नयाँ नामसँगै कम्पनीले न केवल आफ्ना प्रयोगकर्तासँगै प्रतिस्पर्धी सामसङको ध्यान पनि आकर्षित गर्न सफल भएको छ ।
एप्पलको नयाँ अपरेटिङ सिस्टमबारे सामसङले एपलमाथि व्यंग्य पनि गरेको छ । सामसङको अनुसार एप्पलको यो डिजाइन सामसंगको प्रडक्टसँग निकै मिल्दोजुल्दो देखिन्छ । त्यसैगरी एआई फिचरबारे पनि सामसङले मजाक बनाएको छ ।
सामसङ मोबाइलको यूएस युनिटले एक्स (पहिले ट्विटर) मा एपललाई लिएर एक पोस्ट गरेको छ । त्यसमा लेखिएको छः 'कस्टमाइजबल एप्स? फ्लोटिङ बार? त्यो स्लिक ग्लास युआई? सबै कुरा हेर्दा कतै न कतै चिने–जानेको लाग्छ । एप्पलको लिक्विड ग्लास डिजाइन विन्डोज भिस्टाका एयरो युआईजस्तै देखिन्छ । साथै आइओएस २६ र म्याकओएस २६ मा आइकनहरू चिनिन गाह्रो छन् र टेक्ट पढ्न पनि अलि समस्या हुन्छ ।'
यसैबीच सामसङले आफ्नो ग्यालेक्सी एआईलाई समेत फ्लेक्स गरेको छ, जुन एप्पलका इन्टेलिजेन्स फिचरहरूको सन्दर्भमा अझै पनि निकै पावरफुल छ । अर्कोतर्फ, एप्पलका एआई फिचरहरू अहिलेसम्म बीटा टेस्टिङमा नै चलिरहेका छन् ।
सामसङले पोस्टमा थप लेखेको थियो कि ग्यालेक्सी एआईमा हामीले पहिलेदेखि नै रियल टाइम टेक्स्ट र स्पीच ट्रान्सलेशन फिचर अफर गरिरहेका छौं । साथै सामसङले वाचमा एआई ल्याउनेबारे पनि टिज गरेको छ ।
एप्पलले आफ्नो एनुअल डेवलपर इभेन्ट डब्ल्यूडीडीसी २०२५को की–नोटमा एआईबारे धेरै कुरा गरेन् । ९० मिनेटको यस भाषणमा कम्पनीले सिरि केवल दुईपटक मात्र उल्लेख गरेको थियो ।
कम्पनीले यसपटक पनि आफ्नो फोकस युजरहरूको प्राइभेसीमा राख्यो र बतायो कि कम्पनी बिस्तारै एआई फिचर इंटिग्रेट गर्न तर्फ अगाडि बढिरहेको छ । हालका लागि एआईको मामिलामा सामसंग र गुगल एप्पलभन्दा बलियो स्थितिमा छन् ।