सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा विशेष छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक गरेको छ। उक्त होली अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत विभिन्न प्रकारका वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा आकर्षक क्यासब्याक, छुट तथा सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।
सामसङका ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट–लोड तथा सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ।
- सेमी–अटोमेटिक टप–लोड (७ केजी) र फुल्ली अटोमेटिक टप–लोड (८ केजी) मा १२ प्रतिशतसम्म
- एआई इकोबबल फ्रन्ट–लोड (९–१२ केजी) मा २० प्रतिशतसम्म
- एआई इकोबबल वासर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म क्यासब्याक दिइनेछ।
रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक
त्यसैगरी, सिंगल डोर, डबल डोर र साइड–बाई–साइड (SBS) रेफ्रिजरेटरहरूमा अधिकतम १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।
- SBS (७०० लिटर) मा ११ प्रतिशत
- ५ इन १ (३५०–४१९ लिटर) मा १६ प्रतिशत
- डबल डोर (२५३–२७५ लिटर) मा १७ प्रतिशत
सिंगल डोर (१९२–२३० लिटर) मा १५ प्रतिशत क्यासब्याक उपलब्ध छ।
वारेन्टी, भोल्टेज सुरक्षा र निःशुल्क इन्स्टलेसन
सामसङका वासिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी तथा ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा दिइएको छ। त्यसैगरी रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत आफूले चाहेको सामसङ होम अप्लायंस् ० प्रतिशत ब्याजदरमा सजिलो EMI विकल्पसहित खरिद गर्न सक्नेछन्। यसका लागि नागरिकता मात्र आवश्यक पर्ने र प्रक्रिया झन्झटरहित रहेको जनाइएको छ।
यसका साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू साटेर नयाँ सामान लिन सक्ने सुविधा पनि उपलब्ध छ।
सामसङ नेपालले होली अफरमार्फत ग्राहकलाई उच्च प्रविधियुक्त, टिकाउ र भरपर्दा होम अप्लायंस् सहज पहुँचमा उपलब्ध गराउने उद्देश्य लिएको जनाएको छ।
आईसीटी समाचार