सामसङ नेपालले आफ्नो अत्याधुनिक फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘जेड फ्लिप ७’ को प्रि-अर्डर खुला गरेको छ । विश्वव्यापी रूपमा सार्वजनिक गरिएलगत्तै, नेपालमा यी स्मार्टफोनहरू साउन २२ गतेदेखि २९ गतेसम्म (अगस्ट ७–१४) प्रि-अर्डर गर्न सकिनेछ ।
सामसङले यी नयाँ मोडलहरूमा अझै पातलो, हलुका र स्मार्ट फिचरहरू समेटेको छ । ग्यालेक्सी जेड फोल्ड ७ मा सामसङको प्रतिष्ठित डिजाइन, उन्नत क्यामेरा प्रणाली र एआई प्रविधिको संयोजन गरिएको छ, जसले प्रिमियम युजर अनुभव प्रदान गर्छ । खोल्नेबित्तिकै ठूलो डिस्प्लेले मल्टिटास्किङ र उत्पादकत्वमा नयाँ उचाइ ल्याउने कम्पनीको दाबी छ।
त्यस्तै, ग्यालेक्सी जेड फ्लिप ७ लाई खल्तीमै अट्ने तर शक्तिशाली फोनको रूपमा डिजाइन गरिएको छ । यसमा फ्ल्यागशिप क्यामेरा, एआई फिचर, एज-टु-एज फ्लेक्सविन्डो स्क्रिन र झनै उपयोगी कभर स्क्रिन समावेश गरिएको छ। नयाँ फ्लेक्सविन्डो स्क्रिन ४.१ इन्चको छ र यसको प्रयोगबाट फोन खोल्नै नपरी दैनिक कामहरू गर्न सकिने सुविधा छ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ७ ले फोल्डेबल स्मार्टफोन प्रविधिको परिभाषा नै बदलिदिएको बताए ।
नेपालमा यी स्मार्टफोनहरू २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछन्। प्रि-अर्डर गर्न चाहनेले यहाँ क्लिक गरेर ५ हजार अग्रिम भुक्तानी गर्नुपर्नेछ। त्यसपछि प्राप्त ओटीपीको माध्यमबाट ग्राहकले नजिकको स्टोरमा फोन खरिद गर्न सक्नेछन् ।