सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ ।
सामसङले यी फोन आफ्नो अहिले सम्म कै सबैभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एआई कम्प्यानीयन भएको बताएको छ ।
सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले ग्यालेक्सी एस २५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेको बताए ।
यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्ने कम्पनीको भनाइ छ ।
ग्यालेक्सी एस २५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेट गरेर अन्तरक्रियाहरूलाई न्याचुरल बनाउने छ ।
ग्यालेक्सी एस २५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सकिने छ । ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ ।
गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्ने छ । यस बाहेक कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थित गर्नेछ । रा
इटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्नेछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण सजिलो हुनेछ ।
सिरिजमा ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस २५ सिरिजमा अडियो इरेसर जस्तो सुविधा उपलब्ध छ । मोबाइलमै डीएसएलआर–जस्तो अनुभव दिन भर्चुअल अपेरेचरको प्रयोग गरेर गहिराइ नियन्त्रण गर्न सकिन्छ, जुन एक्स्पर्ट रअमा समाहित छ ।
ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो । यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ ।
ग्यालेक्सी एस२५ प्लस र एस २५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ।
सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस २५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दावी छ ।
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदै, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ ।
प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६जीबी बाट १२÷५१२जीबी मेमोरी अपग्रेड वा ३१ हजार पर्ने ग्यालेक्सी बड्स३ प्रो १४ हजार ९९९ रूपैयाँमा मा प्राप्त गर्न सक्नेछन् ।
साथै ३ हजार पर्ने मूल्य रहेको सिलिकन कभर पनि रु १५ सयमा प्राप्त गर्न सक्ने छन्। ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस २५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले ३१ हजार ९९९ रूपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स ३ प्रो १४ हजार ९९९ मा र ३ हजार ३९९ पर्ने रहेको सिलिकन कभर पनि १५ सयमा प्राप्त गर्न सक्ने छन् ।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ । यसै गरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन्।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ५२५० महिनादेखि सुरू हुने शुन्य प्रतिशत ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन् ।
Device |
RAM/Storage |
Color |
Price |
Galaxy S25 Ultra |
12 GB /512 GB |
Titanium Silverblue, Titanium Whitesilver, Titanium Black |
NPR 199,999 |
12 GB /256 GB |
NPR 184,999 |
||
Galaxy S25 Plus |
12 GB /256 GB |
Navy, Silver Shadow |
NPR 141,999 |
Galaxy S25 |
12 GB /256 GB |
Icy blue, Silver Shadow |
NPR 114,999 |
12 GB/128 GB |
NPR 104,999 |