सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्।
क्रिएटिभ र प्रोडक्टिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस २५ एफईप्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई-संचालित फोनको मूल्य ९९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
सामसङ नेपालका एमएक्स डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् — ग्यालेक्सी एस २५ एफईले फ्ल्यागशिप इनोभेसन भिजन लाई स्पष्ट रूप दिएको छ — जहाँ उन्नत एआइ क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।
८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको फोनमा भोइस, टच र भिजुवल अन्तर्क्रिया जस्ता सुविधा छन् । वास्तविक-समय भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन-स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, एस २५ एफईले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।
ग्यालेक्सी एस २५ एफईले यसको एआइ-संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर एचडीआरमार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ ।
जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो editलाई सहज बनाउँदै, अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्दछ।
अटो ट्रिमको साथ, स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।
ग्यालेक्सी एस २५ एफईले भरपर्दो परफर्मेन्सलाई परिष्कृत, आधुनिक डिजाइनसँग जोड्ने कम्पनीको भनाइ छ । ४५ वाटको फास्ट चार्जिङ र एफिशियन्ट कूलिङ्गको लागि भेपर चेमबरको साथ ४,९०० एमएएच ब्याट्रीद्वारा संचालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज कार्यसम्पादन गर्न सक् ।
१२० हर्ज रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक एमोलेड टुएक्स डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ ।
सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस २५ एफईलगायतका नयाँ सामसङ डिभाइसहरूलाई ०% ब्याजदरमा सजिलो ईएमआई प्लानमा प्राप्त गर्न सकिन्छ । 
 
                  
                  
              
                                      आईसीटी समाचार