कीवर्डहरू -

शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, कम्पनीले यी नयाँ फोल्डेबल डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई विशेष रूपमा प्रस्तुत गरेको हो।

यसले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टेलिभिजनबीचको सहकार्यलाई अझ मजबुत बनाएको कम्पनीको दावी छ। कम्पनीका अनुसार प्रविधि, मिडिया र उद्यमशीलताको संगममार्फत नयाँ पुस्ताका परिवर्तनकारीहरूलाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यो सहकार्यले व्यापारिक जगतमा नवीनतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी शार्कहरूले सामसङको नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोनमा समावेश क्रान्तिकारी डिजाइन, उत्कृष्ट प्रदर्शन र एआई-संचालित विशेषताहरूको अनुभव गरेका थिए। फोल्ड ७ ले फराकिलो डिस्प्ले र उच्च मल्टिटास्किङ क्षमताका माध्यमबाट प्रयोगकर्ताको उत्पादकता र सिर्जनशीलता दुवैमा नयाँ उचाइ ल्याएको कम्पनीले जनाएको छ।

सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको बताए ।

उनले अगाडि भने, ‘यो सोच शार्क ट्याङ्क नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ। ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हो, जसले विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्नेहरूलाई सशक्त बनाउँछ।’