कीवर्डहरू -

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्‍यो मनसुन क्याम्प

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्‍यो मनसुन क्याम्प

मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ । 

यसअन्तर्गत, वारेन्टी अवधि भएको वा नभएको फरक नपारी, सामसुङ प्रयोगकर्ताले अधिकृत सामसुङ सेवा केन्द्रमा गएर क्षतिग्रस्त चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, श्रम शुल्क र अन्य आवश्यक अतिरिक्त पार्ट्सको लागत भने ग्राहकले आफैं व्यहोर्नु पर्नेछ ।

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सीएस) राजन भट्टराईले जुनसुकै मौसममा पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध रहेको बताए । 

'वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन सुरक्षित रुपमा प्रयोग गर्न सकून्,' उनले भने ।

सामसङले सबै प्रयोगकर्तालाई यो सीमित अवधिको सेवाको अधिकतम लाभ लिन आग्रह गरेको छ। थप जानकारीका लागि र नजिकको सेवा केन्द्र पत्ता लगाउन, सामसुङ ग्राहक सेवामा सम्पर्क गर्न सकिने छ ।