सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म विन्टर अफर घोषणा गरेको छ ।
यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागु भएको छ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ ।
ग्राहकले ७ देखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर फ्रन्ट लोड एफएटीएल र एसएटीएल वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक पाउन सक्ने सामसङले जनाएको छ । ‘त्यसैगरी, सिंगल डोर डबल डोर र साइड बाइ साइड सामसङ रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ’ कम्पनीले भनेको छ ।
सामसङ वासिङ मेसिन र रेफ्रिजेरेटरले डीआईटी मोटरमा २० वर्षको वारेन्टी मार्फत सुनिश्चित गर्नुका साथै सबै मोडेलमा निःशुल्क जडान सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायन्स ० प्रतिशत ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्।
आईसीटी समाचार